'अग्रगामी प्रगतिशील शक्तिले नै विकल्प दिनुपर्छ'  | Khabarhub Khabarhub

‘अग्रगामी प्रगतिशील शक्तिले नै विकल्प दिनुपर्छ’ 


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अग्रगामी प्रगतिशील शक्तिले समायानुकूल रुपान्तरित भएर विकल्प दिन सक्नुपर्ने बताएका छन् । ५९औँ विद्यार्थी दिवसका अवसर पारेर आज यहाँ आयोजित कार्यक्रममा उनले वामपन्थी समाजवादी शक्तिले आफूलाई रुपान्तरण गरेमात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताए । 

‘हामीले समाजवादी विकल्प दिन सक्यौँ भने जनताको आशा अपेक्षा पूरा गर्न सकिन्छ । हिजोकै गाथा गाइरह्यौँ, बिगतकै जस्तो व्यवहार देखाउन थाल्यौँ र सत्तामा गएर भ्रष्टिकरण भयौँ र तिनको प्रतिरक्षामा लाग्यौँ भने आगामी दिनमा जनताले हामीलाई नकार्ने छन्’, उनले भने । 

वर्तमान अवस्थामा मुलुक अग्रगमन र पश्चगमनको बीचमा मडारिरहेको जनाउँदै उनले आगामी केही वर्ष धेरै गम्भीर हुने देखिएको आँकलन गरे । मुलुकमा देखिएको बेथिती अन्त्य गर्न आफूहरूले राजनीतिक तवरमा छलफल गरिरहेका उनको भनाइ छ । 

‘फेरि पनि हामीले आफूलाई रूपान्तरण गरेर अग्रगामी राजनीतिक विकल्प दिन्छौँ । युवा विद्यार्थीले पनि भ्रष्टाचार, बेथिती, बेरोजगारी, शिक्षा, स्वास्थ्यलगायतका मुद्दा उठाएर नेतृत्व गर्नुपर्छ’, उनले भने । संविधानमा स्वास्थ्य, शिक्षा, रोजगारीलगायत नागरिक अधिकारलाई मौलिक हकका रुपमा व्यवस्था गरिएको भए पनि अझै नागरिक मौलिक हक प्राप्त गर्नबाट वञ्चित भएको बताए । 

‘संविधानमा शिक्षा मौलिक अधिकारका रुपमा राखिएको छ, विविध कारणले सबैलाई शिक्षा दिन सकिएको छैन । गुणस्तरीय शिक्षा प्राप्त गर्न सकेको छैनन् । देशभित्रै सम्मानजक रोजगारी प्राप्त गर्ने अवस्था अझै भएको छैन’, पूर्वप्रधानमन्त्री डा भट्टराईले भने , ‘ठूलो सङ्ख्या यो देशप्रति आफ्नो भविष्य देख्न छाडेर पलायन भइरहेको छ, रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि पनि लाइन लागिरहेको छ, यसका लागि विद्यार्थी संगठनले घोत्लिएर सोच्नुपर्ने छ ।’

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ३ : ५७ बजे

कोशी प्रदेशमा सरकारमा सहमतिको प्रयास जारी : प्रवक्ता मेन्याङ्बो

खोटाङ– कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले

गणतन्त्र र संघीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र संघीयतामाथिको

नेप्से परिसूचकमा ४४.३४ अंकको वृद्धि

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ

प्रतिनिधिसभा अन्तर्गतका दुई समितिका बैठक स्थगित

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतका अर्थ र अन्तर्राष्ट्रिय सम्बन्ध समितिका आजका लागि

अमेरिकी डलरसहित दुई जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी