भारतले नेपालमा आफ्नो एजेण्डा पुरा गर्न दबाबको कूटनीति बनायो : सांसद पन्त « Khabarhub

भारतले नेपालमा आफ्नो एजेण्डा पुरा गर्न दबाबको कूटनीति बनायो : सांसद पन्त


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले भारतले नेपालमा आफ्नो एजेण्डामा सहमति गर्न दबाबको कूटनीति बनाएको तर्क गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा एमाले सांसद रघुजी पन्तले नेपालको प्रधानमन्त्रीलाई भारत भ्रमणबाट रोकेर जनताले हटाएको पूर्वराजालाई स्वागत गरेर भारतले दबाबको कूटनीति बनाएको तर्क गरेका हुन् ।

भारतले आफ्नो एजेन्डा पुरा गर्नका लागि नेपाललाई दबाब दिएको उनले बताए । उनले दबाबको कूटनीतिमा नपर्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

पन्तले स्वतन्त्र देशको प्रधानमन्त्रीले राष्ट्रको स्वार्थलाई हेरेर एजेन्डा तय गर्नुपर्नेमा जोड दिए । उनले नेपालले असंलग्न परराष्ट्र नीतिबाट सन्तुलन गुमाउँदै जानु दुखद कुरा भएको जिकिर गरे ।

उनले नेपालको वित्तीय गोपनीयता विदेशको हातमा जाने खतरा देखिएको भन्दै यसप्रति सजक हुन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ४ : ०४ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार