कोर्रा हान्ने र मृत्युदण्डको सजायबारे पुनरावलोकन गर्न तालिबानलाई राष्ट्रसंघको आग्रह « Khabarhub

कोर्रा हान्ने र मृत्युदण्डको सजायबारे पुनरावलोकन गर्न तालिबानलाई राष्ट्रसंघको आग्रह


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काबुल- संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानसमक्ष कोर्रा हान्ने र मृत्युदण्डको सजायबारे पुनरावलोकन गर्न आह्वान गरेको छ ।

अफगानिस्तानमा राष्ट्रसंघको सहायता मिसनका मानव अधिकार प्रमुख फियोना फ्राजेरले जारी गरेको विज्ञप्तिमा तालिबानले दिन यस किसिमका सजाय अन्तर्राष्ट्रिय कानूनविपरीत रहेको उल्लेख छ ।

उनले यस्ता सजाय तत्काल रोक्न माग गरेकी छिन् । यता तालिबानको नेतृत्वमा रहेको अफगानिस्तानको विदेश मन्त्रालयले भने मुलुकमा बसोबास गर्ने मानिसहरुले इस्लामिक कानूनको पालना गर्दै आएको भन्दै अफगानिस्तानको कानून इस्लाममा आधारित रहेको प्रस्टोक्ति दिएको छ ।

अन्तर्राष्ट्रिय कानून र इस्लामिक कानूनमध्ये एक मान्नुपर्ने अवस्था आए आफूहरुले इस्लामिक कानून पालना गर्ने तालिबानको भनाइ छ ।
सन् २०२१ को अक्टोबर महिनामा तालिबानले शासन सम्हालेयता अफगानिस्तानमा मृत्युदण्ड, यातना, मानवअधिकारको उल्लङ्घनजस्ता घटनामा वृद्धि भएको बताइन्छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ५० बजे

निर्वाचन पराजयपछि जर्मन चान्सलर मर्जमाथि नेतृत्वको दबाब

बर्लिन- जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यमा भएको निर्वाचनमा उनको

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम