आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै  « Khabarhub

आज नेपालले घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै 


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ।

मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल  नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।  फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेलका लागि नेपाली टोली २ दिनअघि त्यसतर्फ गएको थियो। 

२ दिन त्यहाँको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि नेपाली टोली त्यहाँबाट साफ च्याम्पियनसिपमा सहभागी हुन भारतको बेङ्गलुरु जानेछ। 

फिफाको विश्व वरियतामा फिलिपिन्स १ सय ३६ र नेपाल १ सय ७४ औं स्थानमा छ। यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले १ र फिलिपिन्सले ४ खेल जितेका छन् भने १ खेल बराबरी भएको छ। 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ६ : ४४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना