भिटामिन ‘बी १२’को कमीले स्मरण शक्ति कमजोर हुन्छ « Khabarhub

भिटामिन ‘बी १२’को कमीले स्मरण शक्ति कमजोर हुन्छ


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

हाम्रो शरीरमा भिटामिन युक्त खाना निकै आवश्यक पर्छ। भिटामिन युक्त खानाले नै हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ। शरीरलाई सबै भिटामिन जस्तै भिटामिन ‘बी १२’ पनि उत्तिकै आवश्यकता पर्छ। शरीरमा भिटामिन ‘बी १२’ ले शरीरमा रातो रक्तकोष बनाउनुका साथै यसले मस्तिष्क र स्नायु कोषिकाहरूलाई बलियो बनाउन पनि मद्दत गर्छ। शरीरमा भिटामिन ‘बी १२’ को कमी सामान्यतया शाकाहारी मानिसमा बढी पाइन्छ। शाकाहारी आहारमा यस्तो भिटामिन निकै कम मात्र पाइन्छ। शरीरमा भिटामिन ‘बी १२’ को कमी भएमा धेरै समस्या आउन थाल्छ। लामो समयसम्म उपचार गरिएन भने यसले गम्भीर रोगसमेत निम्त्याउन सक्छ। त्यसैले भिटामिन ‘बी १२’ को कमीको लक्षण कस्तो हुन्छ र तिनीहरूलाई कसरी पहिचान गर्ने भन्ने विषयमा आधारित रहेर खबरहबका लागि जनरल फिजिसियन डा. दीपराज यादवसँग गरिएको कुराकानीको सम्पादित अंश :

भिटामिन ‘बी १२’ को कमी कसरी हुन्छ ?
भिटामिन ‘बी १२’ विशेषगरी हामीले खाने कुराको आधारमा माछा, मासु, अन्डा, दूध, दहीमा पाइन्छ। त्यसैले भिटामिन ‘बी १२’ को कमी नियमित माछा मासु खानेमा हुँदैन। यस्ता खाने कुरा नखानेमा भिटामिन बी १२ को कमी देखिने हो।

हाम्रो शरीरमा भिटामिन बी १२ को कमी भएमा के कस्तो समस्या उत्पन्न हुन्छन् ?
भिटामिन ‘बी १२’ को कमी भएको भनेर लक्षणका आधारमा हेर्ने हो भने कसैलाई लक्षण देख्न वर्षासम्म कुर्नु पर्दछ। कसैलाई लक्षण नै देखिँदैन। कोही कोहीलाई रगतको कमी हुने, थकाई लाग्ने, नासा सम्बन्धी समस्या हुने, चिरचिर हुने, जिब्रो सुनिने, घाउ हुने, कब्जियत हुने, वृद्धाहरूमा आँखा धमिलो हुने, नसा सम्बन्धी समस्या हुने, सास फेर्न गाह्रो हुने, पाचन प्रक्रियामा समस्या आउने, कब्जियतको समस्या उत्पन्न हुने, मुटुको धड्कन तीव्र हुँदै जाने र स्मरणशक्ति कमजोर हुनेहुन्छ।

भिटामिन ‘बी-१२’ को कमी भएमा तनाव सिर्जना हुने, मानसिक रोग निम्तने र एक प्रकारको रक्त अल्पताको समस्या हुने गर्दछ। हाइपरपिग्मेंटेशनको कारणले, दाग, धब्बा वा शरीरको छाला निकै अँध्यारो हुँदै जान्छ, कपाल पनि झर्न थाल्छ।

भिटामिन ‘बी-१२’ को कमी भएको भनेर कसरी जाँच गरिन्छ ?
भिटामिन ‘बी-१२’ को कमी भएको वा नभएको भनेर रगतको जाँच गर्नुपर्छ तब मात्र थाहा पाइन्छ। त्यसैले कसैलाई लक्षण देखियो भने अस्पतालमा गएर भिटामिन बी १२ को जाँच गर्ने हो भने रगतको जाँच गर्नु पर्दछ। सामान्यतया भिटामिन ‘बी १२’ को लेभल शरीरमा ३०० पिजिएमएल भन्दा माथि हुनु पर्दछ। जाँच गर्दा कुन लेबलमा आउँछ र त्यही अनुसारले हामीले उपचार गराउँछौँ ।

माछा मासु नखानेले कसरी भिटामिन ‘बी १२’ लिने ?
जमिन भित्र वा माटोमा फल्ने खानेकुराहरू जस्तो: आलु, गाँजर, मुला, सलगम, तरुलमाा प्रशस्त्र मात्रामा भिटामिन ‘बी १२’ पाइन्छ। त्यसैगरी गोलभेडा, गहुँको पिठो, हरियो साग, बदाम, ओखर, सुपारी, अङ्गुर, हरियो केराउ, दाल, मेवा, नरिवल, पेस्ता, दही, बन्दा, माछा, अण्डाको सेतो भागलगायतका खानेकुरा खान सकिन्छ।

यसबाहेक, दूध र दूधबाट बनेका परिकार जस्तै दूध, दही, पनिर, नौनी आदि खानुपर्छ। अरु केही नभए भिटामिन ‘बी १२’ चिकित्सकको सिफारिसमा किनेर खान सकिन्छ।

भिटामिन ‘बी १२’ को कमी भएपछि के के कुरामा ध्यान दिनुपर्दछ ?
भिटामिन ‘बी १२’ को कमी आफूलाई के कारणले भएको हो त पहिला त्यो पत्ता लगाउनुपर्छ। यदि खानेकुराको कारणले हो भने मांसाहारी खानेकुरा खाने, अरू रोगले हो भने त्यो रोगको उपचार तिर लाग्नुपर्छ। पेटमा जुका परेर हो भने जुकाको औषधि खानुपर्छ, पहिलादेखि नै औषधि सेवनबाट कमी भएको हो भने त्यो कसरी म्यानेज गर्न सकिन्छ, त्यतातिर लाग्नुपर्दछ। दूध, दही, अण्डा, मासु, माछाका साथै फलफूल र सागपातमा भिटामिन ‘बी १२’ प्रशस्त पाइन्छ। त्यसैले यस्ता खानेकुरा खानुपर्छ साथै समय समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ७ : ०७ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान