जातीय दङ्गाको नजिक सुडान | Khabarhub Khabarhub

जातीय दङ्गाको नजिक सुडान


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुडानमा गृह युद्धका कारण भएको दुर्दशाका कथा संसारभर फैलन थालेका छन्। कारुणिक दृश्य सडकदेखि अस्पतालसम्म देखिन थालेको छ। यी कारुणिक दृश्यलाई देख्ने र आत्मसात गर्ने सायद चिकित्सक नै हुन्। यस कारण उनीहरू पीडाबोध गरिरहेका छन्। शान्तिको कामना गरिरहेका छन्। तर, आफ्नो आवाज र सार्वजनिक गर्दा सरकारी सेना र विद्रोही सेना दुवैबाट ज्यान जाने खतरा बढेको छ। यसै खतराबीच उनीहरू अहिले त्यहाँका दुर्दशा विभिन्न माध्यममार्फत गोप्य रूपमा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई उपलब्ध गराउन तल्लीन छन्।

यो युद्धमा सयौँको मात्रामा ज्यान गएको छ भने लाखौँ जना यसबाट प्रभावित भएका छन्। सबैभन्दा बढी प्रभावित महिला छन्। बलात्कारका घटना भइरहेका छन्। उनीहरूको उपचारमा संलग्न चिकित्सकको त रोदन नै छ। अहिले बलात्कार सुडानको प्रमुख समस्या बनेको छ। चिकित्सकले यसका बारे सञ्चार माध्यमलाई गोप्य सूचना पठाउँदै जानकारी दिने गरेका छन्। त्यहाँ यस किसिमका पीडित कत्ति छन् भन्ने यकिन नै छैन।

यो युद्धमा सयौँको मात्रामा ज्यान गएको छ भने लाखौँ जना यसबाट प्रभावित भएका छन्। सबैभन्दा बढी प्रभावित महिला छन्। बलात्कारका घटना भइरहेका छन्।

यसरी गोप्य सूचना प्रवाह गर्ने गरेका चिकित्सक पछिल्लो समय तीन जना पीडितसँग कुरा गर्न खोजे पनि दुई जना मात्र तयार भएको बताउँछन्। अहिले पीडितको उपचारमा आफूलाई सक्रिय राख्ने थोरै अस्पताल मध्येको राजधानी खार्तुमको बहारी हो।

‘हामीले त्यहाँ केही गर्न सक्ने अवस्थामा नै छैन। हामीले उनीहरूलाई प्रसूति विभागमा सम्पर्क गराएका थियौं। तर, त्यहाँ आवश्यक औषधि पाउन कठिन थियो,’ एक चिकित्सक भन्छिन्। सुडानमा जारी कम्ब्याट हिंसाको प्रभाव न्यूनीकरणका लागि स्थापित सरकारी निकायकी निर्देशक हुन्। सालीमा हक। उनकै अनुसार धेरै बलात्कारका घटना बहारीमै हुने गरेको छ। बहारी सबैभन्दा युद्धग्रस्त क्षेत्र हो। ‘हामी कहाँ आउने महिला १२ देखि १८ वर्षको बीचका थिए,’ आँखाभरी आँसु लिएर उनले भनिन्, ‘तर हामी अत्यधिक कम सङ्ख्याको मात्र नजिक पुगेका छौं। यो वास्तविक सङ्ख्या भन्दा धेरै कम हो। हामीहरूले घटनाका २ प्रतिशतको मात्र नियमन गर्न सकिरहेका छौं।’ आखिर सुडानमा सरकारी निकाय नै कोल्याप्स हुने अवस्थामा छ भने उनले एकदमै धेरै के नै गर्न सक्थिन्।

विभिन्न च्यारीटीमार्फत उनी पीडितलाई स्वास्थ्योपचार र स्वयंसेवा गरिरहेकी छिन्। धेरै जना उनीसँग सम्पर्क गर्न गर्न चाहँदैनन्। ‘खार्तुमको अहिलेको अवस्था साँच्चै पीडादायक छ। सबै कुरा अव्यवस्थित छन्। यस कारण हामी यसको निवारणका लागि सचेतना कार्यक्रम अघि ल्याउँदै छौं। कसरी पीडितलाई सम्पर्कमा ल्याउने र समस्या समाधान गर्ने भन्ने विषयमा पनि छलफल चलाइरहेका छौं।’

अहिले इन्टरनेटमा पनि समस्या आउन थालेको छ। नियमित रूपमा ऊर्जा संकट उत्पन्न भएको छ। खार्तुममा रहेका ८८ मध्येका ६ अस्पताल मात्र शल्यक्रियाका लागि योग्य छन्।

युद्धका समयमा पनि यसले पारदर्शी र न्यायका कुरा उठाइ रहेको छ। अहिले इन्टरनेटमा पनि समस्या आउन थालेको छ। नियमित रूपमा ऊर्जा संकट उत्पन्न भएको छ। खार्तुममा रहेका ८८ मध्येका ६ अस्पताल मात्र शल्यक्रियाका लागि योग्य छन्। त्यहाँको एक रेडियोले यस्ता पीडित र अन्य कारणले पनि दुःख पाएको समाचार बाहिर ल्याउने गरेको छ। यसरी धेरै समस्या भोग्नेमा मिर्गौलाका बिरामी छन्। नियमित डाइलोसीस गर्न पर्ने ती मिर्गौला रोगीको नियमित डाइलोसीस गर्नु पर्ने अवस्था आइसकेको छ। तर उनीहरू उपचार गर्न असमर्थ भएका छन्।

‘अहिले यसका उपचारका बाटाहरू बन्द भई सकेका छन्। मैले मेरो भाइको उपचार गर्न खोजे पनि सकिन,’ एक बिरामीकी दिदी नज्लाले भनिन्, ‘मैले संयोगवश फार्मेसीमा त्यसतै समस्या भएको कोही भेटेँ। उहाँबाट औषधी लिएर मैले उपचार गराएको हुँ।’ रोगको उपचार गराउनेका लागि मात्र होइन। दैनिक ज्याला मजदुरी गरेर खाने बस्नेको लागि पनि यो अत्यन्त दुःखद कुरा हो।

‘हामीले मुस्किलले केही रकम मात्र व्यवस्था गर्न सक्छौ। यहाँको कामको असर नै छैन। यहाँ कामको अवसर नै छैन। मेरा आमा र बालबच्चा म सँगै बसेका छन्। मेरा भाइबहिनी पनि मसँग छन्। पहिलो भएको अलिकति बचत सकिएको छ। अबको जिन्दगी कसरी अघि बढाउने भन्ने नै चिन्ता छ,’ खार्तुमबासी मुबारकले भने। उनले बताए अनुसार हरेक दिन छिमेकीबाट पाउने खाद्यान्न सहयोगले नै उनको जीवन चलेको छ। तर, प्रत्येक दिनका लागि यो एकदमै अप्ठेरो छ।

यो कठिन परिस्थितिका बाबजुद त्यहाँको समस्या अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग अहिले खार्तुममा छ। संसारमा नै भएको मन्दीको कारण एकबद्धताका लागि कठिन भएको हो। त्यसो त अहिले सुडान मात्र होइन संसारका अन्य धेरै देशमा यसै किसिमका समस्या छन्।

मानवीय सङ्कटको सामना गरिरहेको सिरियामा पछिल्लो समय भूकम्पले समेत थप दुःख दिएको छ। यसैगरी तालीवान सत्तापछि अफगानिस्तानको अवस्था पनि त्यत्तिकै खराब बनेको छ। यस्तै किसिमको खराब अवस्था अफ्रिकाका अन्य देशमा पनि छन्। रुस र युक्रेनको युद्धका कारण धेरै पश्चिमा देश युक्रेनमा सहयोग गर्न तल्लीन छन्। यसले पनि पक्कै मानवीय संकट परेका देशमा सहयोगका लागि समस्या उत्पन्न गराएका छन्।

यो कठिन परिस्थितिका बाबजुद त्यहाँको समस्या अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग अहिले खार्तुममा छ। संसारमा नै भएको मन्दीको कारण एकबद्धताका लागि कठिन भएको हो।

त्यसो त केही वर्ष अघिसम्म सामान्य अवस्था रहेको पाकिस्तानमा समेत यसै किसिमको समस्या सुरु भइसकेको छ। यस किसिमको समस्याबीच सुडानको यस अवस्थामा मात्र संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय निकाय पनि चुकेका छन्।

सुडानको यो दुर्दशा यत्तिमा सीमित छैन। सुडानको यो पहिलो समस्या होइन। २० वर्ष अघि डार्फरमा तीन लाख जनाको ज्यान गएको थियो। अबको यो अवस्था जारी रहे जातीय हिंसा हुने र डार्फरको त्यस घटना भन्दा खराब अवस्थामा पुग्ने चेतावनी पनि धेरैले दिइसकेका छन्। अप्रिल महिनाको अन्त्य यता अल जेननीयमा मात्र १ हजार १ सय भन्दा बढीको ज्यान गएको छ। स्रोतः बीबीसी, अल जजीरा

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ८ : १९ बजे

महिलाले रथ ताने, सकियो इन्द्रजात्रा (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार

संविधान संशोधन हुन आवश्यक : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि

संशोधनअघि संविधानको पूरै समीक्षा हुनुपर्छ

संविधानले हामीलाई शासनसत्ता कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा एउटा प्रारूप

‘सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’

काठमाडौं– विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही