अवतार-३ अब २०२५ डिसेम्बर १९ मा रिलिज हुने « Khabarhub

अवतार-३ अब २०२५ डिसेम्बर १९ मा रिलिज हुने


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स– हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन् ।

यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन् । ‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो ।

यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ । तर बाँकी सिक्वेलको रिलिज तोकिएकै समयमा नहुने भएको छ । बाँकी सिरिजको रिलिज मिति निर्माण पक्षले एक वर्ष पछाडि सारेका छन् ।

जस अनुसार ‘अवतार ३’ डिसेम्बर १९, २०२५ मा रिलिज हुनेछ । यसअघि यो फिल्म २०२४ मा रिलिज हुने थियो । यो सिरिज ‘अवतार–द वे अफ वाटर’को फलोअप हो । नयाँ क्यालेन्डर अनुसार ‘अवतार ४’ तेस्रो फिल्मको चार वर्षपछि २१ डिसेम्बर २०२९ मा रिलिज हुनेछ । यो फिल्म यसअघि सन् २०२६ मा आउने चर्चा थियो ।

‘अवतार’को अन्तिम फिल्म ‘अवतार ५’ का लागि दर्शकले ८ वर्ष पर्खनु पर्नेछ । यो फिल्म सन् २०३१ डिसेम्बर १९ मा रिलिज हुनेछ । ‘हरेक अवतार फिल्म आफैमा एक जोशिलो र अद्भूत अनुभव हो । यसलाई गुणस्तरका साथ पर्दामा ल्याउन समय लाग्छ । जसका लागि हामी फिल्मकर्मी जुटिरहेका छौं । ताकि दर्शकको आशामा खरो उत्रन सकौं । टीम आफ्नो काममा कडा मेहनत गरिरहेका छन् ।

डिसेम्बर २०२५ मा दर्शकलाई फेरी पेण्डोरामा लैजानका लागि हामी प्रतीक्षामा छौं’, निर्माता जोन लेन्डाउले ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ९ : ५४ बजे

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित