‘धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?’ « Khabarhub

‘धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?’


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन् ।

 प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे। उनले भने,’धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस् ।’

बैठकमा आकस्मिक समय माग गर्दै सांसद पन्तले भारतका लागि नेपाली राजदूत शंकर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए। उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ । पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको छ ।’

सांसद पन्तले राजदूत शर्माले दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको बताए। ‘नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ । तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ’, उनले भने । 

सांसद पन्तले इपिजीको प्रतिवदेनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘के इपिजीको प्रतिवेदन प्रभुत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ ।’ सांसद पन्तले राजदूत शर्माले बिआरआइलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  १२ : ०६ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा