विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली, सुर्खेत र बाँकेबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

 कैलालीको  गोदावरी नगरपालिका-२ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वडलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र सोही ठाउँ बस्ने २४ वर्षीय विनोद दियाललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सुर्खेतको  वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सागर गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय रविन्द्र सिंह थापा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका-१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटालाई  प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  १२ : ४४ बजे

महिला फुटबल : आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

इन्डोनेसिया – त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीको ‘तालतलैया’

धरान- सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल