विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलाली, सुर्खेत र बाँकेबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

 कैलालीको  गोदावरी नगरपालिका-२ डेरा गरी बस्ने २० वर्षीय वीरेन्द्र वडलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र सोही ठाउँ बस्ने २४ वर्षीय विनोद दियाललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।  

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । सुर्खेतको  वीरेन्द्रनगर नगरपालिका-४ कुमाई चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने ३० वर्षीय सागर गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय रविन्द्र सिंह थापा रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका-१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटालाई  प्रहरीले पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र इलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  १२ : ४४ बजे

काठमाडौं–१० मा मतगणना सुरु

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर १० मा

रोल्पा–१ मा शुक्रबार बिहान १० बजेबाट मतगणना सुरु गरिने

रोल्पा – रोल्पा निर्वाचन कार्यालयका अनुसार रोल्पा–१ मा प्रतिनिधिसभा निर्वाचन

रोमाञ्चक खेलमा इङ्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो भारत

काठमाडौं – आइसीसी टी–२० विश्वकपमा भारतले दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ७

काठमाडौं–८ मा मुचुल्का उठाउने काम सुरु, आजै रातिदेखि मतगणना

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत

काठमाडौं–३ मा मतगणना सुरु, पहिलो पेटिका कागेश्वरीबाट

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ मा