वृद्धवृद्धा स्याहारकर्ता तालिम सुरु | Khabarhub Khabarhub

वृद्धवृद्धा स्याहारकर्ता तालिम सुरु


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरमै पहिलो पटक वृद्धवृद्धाको स्याहारसुसार सम्बन्धीको तालिम सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारी सृजनानगरमा एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो । 

इजराइलमा झण्डै डेढ दसक त्यस सम्वन्धी अनुभब बटुलेर आएकाहरूको संयुक्त प्रयासबाट केन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रकी संस्थापक अध्यक्ष अमृत्यश्वरी सुवालले घरघरमा हुने वृद्धवृद्धाको स्याहार कसरी गर्नुपर्छ भन्ने ज्ञान घरघरमा हुनुपर्ने भएकोले तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइन् । तालिमप्रति महिला पुरुष दुवैको उतिकै आकर्षण रहेको सुवालले सुनाइन् । 

तलिममा विशेष गरेर अझ विदेश जाने सपना बोकेकाहरुको रुचि देखिएको जनाइएको छ । यहाँं तीन महिनाको तालिम लिएपछि स्वदेश वा विदेशमा सजिलै रोजगारी पाइने भएकोले यसप्रतिको आकर्षण बढेको हो, सुवालले भनिन्, विदेशमा पनि यो सीप लिएर गयो भने स्टुडेन्ट भिसामा जानेहरूले पनि सजिलै पार्ट टाइम काम पाउने हुन्छ । तालिमपछि वृद्धवृद्धालाई स्याहार्ने वैज्ञानिक अनि व्यवहारिक सीपहरू सिकिने छ । 

 एलाइट हेल्थ केयर एण्ड रिसर्च सेन्टर सृजनानगर १ भक्तपुरका प्रोपाइटर रामबाबु राउतका अनुसार यो कोर्ष सीटीईभीटीईसँंग सम्बन्धित् हुन्छ । उनका अनुसार यो कोर्ष तीन महिनाको हुन्छ । यसका साथसाथै वृद्धवृद्धाको उचित र वैज्ञानिक स्याहारसुसारका लागि सीटीईभीटीईको नै वारिस्ता र हाउस किपिङ सर्भिस तालिम पनि रहेको राउत सुनाउँछन्

 इजरायलमा यही क्षेत्रमा १५ वर्षको अनुभव बटुलेर आएका राउत विकसित अविकसित सबै देशका परिवारका एक न एक सदस्य यस विषयमा जानकारी राखीरानुपर्ने आवश्यकता औंल्याउँछन्

हरकेका घरमा हुने वृद्धवृद्धा स्याहार्ने क्रममा जानेर वा नजानेर हरेक गल्तीहरू भइरहेका हुन्छन्, उनले भने, त्यही गल्ती हुन नदिई राम्ररी हेरचाहका लागि यसको महत्व अझ धेरै छ ।’ तालिम लिनका लागि महिलाहरू मात्रै नभई पुरुषहरू पनि उतिकै आउने गरेको उनले सुनाए । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ४ : ०० बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको