कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा भ्याट लगाइएको हो : डा. महत | Khabarhub Khabarhub

कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा भ्याट लगाइएको हो : डा. महत


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीय उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा नेपाल कृषि मेसिनरी व्यवसायी संघ, कृषक संघलगायत कृषकहरुसँगको सामूहिक भेटका क्रममा अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्ने र कृषिमा आत्मनिर्भर बनाउन कृषिजन्य वस्तुमा कर लगाइएको बताएका हुन् ।

उनले यस्तो करले स्वदेशी उत्पादन नभई आयातित वस्तुमात्रै महङ्गो हुने र स्थानीय उत्पादनलाई असर नपर्ने जिकिर गरे । अर्थमन्त्री महतले करको दर लागू नहुँदै सुनियोजित रुपमा केही संगठित व्यक्तिहरुले मूल्यवृद्धि गरेको बताए ।

उनले उत्पादनका आधारमा अनुदान दिने, गुरु किसान कार्यक्रम लगाएतका बिषयहरुलाई बजेटले प्राथमिकतामा राखिएको जानकारी दिए ।

भेट क्रममा प्रतिनिधिहरुले आन्तरिक उत्पादनको संरक्षणको लागि सरकारको कदम स्वागतयोग्य भएको भन्दै यस क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ४ : ५५ बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको