असार १ देखि ३ गते सम्म भुमे/भूम्या पर्व मनाइने « Khabarhub

असार १ देखि ३ गते सम्म भुमे/भूम्या पर्व मनाइने


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रकृतिको पूजा गरेर मनाइने मगर समुदायको भुमे/भूम्या पर्व असार १ गते देखि ३ गते सम्म खुल्ला मञ्च काठमाडौँमा मनाइने भएको छ ।

नेपाल मगर संघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघको आयोजना र भुमे पर्व प्रतिष्ठानको ब्यावस्थापनमा भुमे/भूम्या पर्व खुल्ला मञ्चमा मनाउन लागिएको जानकारी दिएको हो ।

प्राकृतिक विपत्ति नआओस् भूतप्रेत, ग्रहदशा जाउन् बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे/भूम्या पर्व मनाउने प्रचलन छ ।

भुमे/भूम्या पर्वको खुल्लामञ्चमा असार १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने र असार ३ गते पर्यटनमन्त्रीले समापन गर्ने कार्यक्रम रहेको मगर संघले जनाएको छ ।

विशेष गरी अथार मगरात क्षेत्रमा मनाइने भुमे/भूम्या पर्व पछिल्लो समय काठमाडौँ उपत्यका लगायत विदेशमा पनि मगर समुदायले धूमधामका साथ मनाउने गरेका छन् ।

भुमे/भूम्या पर्वको अघिल्लो दिन युवा युवतीहरूले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते बिहान बस्तीका हरेक घरमा भित्र्याएपछि भुमे/भूम्या भित्रिएको मानिन्छ ।

असार १ गते बिहान बलि दिएर पूजा गरेपछि भुमे/भूम्या/नोकोबाङ्गे नाच सुरु हुने प्रचलन छ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ६ : २७ बजे

यस्तो छ इच्छाकामनाको नयाँ आधारभूत अस्पताल (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा रहेको इच्छाकामना आधारभूत अस्पतालले पहिलोपटक

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र