बहराइनको कोमामा रहेका चौधरीको उद्धार « Khabarhub

बहराइनको कोमामा रहेका चौधरीको उद्धार


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

दोहा : बहराइनको कोमामा रहेका एक नेपालीको उद्धार गरी नेपाल पठाइएको छ । सुनसरी जिल्ला घर भई बहराइनमा कार्यरत रहेका दिनेश कुमार चौधरी १७ मार्चदेखि त्यहाँको किङ हमाद युनिभर्सिटी हस्पिटलमा उपचाररत रहेका थिए ।

चौधरी लामो समयदेखि कोमामा रहेकाले उनलाई सम्बन्धित डाक्टरको सल्लाह तथा परिवारजनको चाहना र वैदेशिक रोजगार बोर्ड सचिवालयको सहयोगमा शुक्रबार कुवेत एयरवेजको उडान मार्फत बहराइनबाट नेपाल पठाइएको हो ।

उनको साथमा उक्त हस्पिटलका तर्फबाट मेडिकल इस्कोर्टिङ स्पेसलिस्ट अब्दुल्लाह आमिर साथमा नेपाल पठाइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । नेपालमा बोर्डमार्फत वीर अस्पतालमा थप उपचारको व्यवस्था मिलाइएको छ ।

उनको उपचारमा र उद्धारमा सहयोगका लागि किङ हमाद युनिभर्सिटी हस्पिटलका डाक्टर नर्स तथा नेपाली समुदायका प्रतिनिधि लगायत सम्बन्धित सबैमा दूतावासले हार्दिक धन्यवाद पनि व्यक्त गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ४८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी