सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित « Khabarhub

सुदूरपश्चिम प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशसभाको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ।

आज बिहान ८ बजेका लागि बोलाइएको बैठक सत्तारुढ दलहरूबीच बजेटका विषयमा एकमत नहुँदा बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि सारिएको प्रदेशसभाका प्रवक्ता नरेन्द्रबहादुर पालले जानकारी दिए ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८०–०८१ को बजेटप्रति सत्ता साझेदार दलहरू नै असन्तुष्ट छन् ।

कांग्रेस बाहेकका सत्ता साझेदार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले संशोधन नगरी बजेट पास हुन नदिने अडान लिएका छन्।

असन्तुष्ट सत्तारुढ दलसँग पुनः छलफल गरेर सहमति जुटाउने प्रयास भइरहेको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  १० : ३८ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने