विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

आज असार ३०, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

दक्षिण कोरियामा बाढीका कारण २२ जनाको मृत्यु

दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ । बर्षाका कारण व्यापक बाढी र पहिरो निम्त्याएको छ ।

भारी वर्षाका कारण यहाँको एक प्रमुख बाँधको माथिल्लो भागमा पानीको सतह चढेको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार भारी वर्षाका कारण २२ जनाको मृत्यु भएको छ भने अन्य १४ जना हराइरहेका छन् ।

बाढीका कारण मृत्यु हुने १६ जना र बेपत्ता नौ जनासहित अधिकांश उत्तरी ग्योङसाङ प्रान्तका बासिन्दा रहेका छन् । यहाँ मुख्य कारण पहाडी क्षेत्रमा आएको ठूलो पहिरोका कारण घरभित्र रहेका मानिसहरू पुरिएका छन् ।

योन्हाप समाचार संस्थालाई एक आपतकालीन उद्धारकर्ताले बताएअनुसार अति प्रभावित क्षेत्रमा घरहरू सग्लै बगेका थिए । गोसान बाँधमा पानीको बहाव बढ्न थालेपछि गोसान काउन्टीका छ हजार ४०० भन्दा बढी बासिन्दालाई शनिबार बिहानै खाली गर्न आदेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

उत्तरी ग्योङसाङ प्रान्तमा वर्षा र बाढीका कारण बेपत्ता भएकामध्ये अधिकांशलाई नदीले बगाएको मन्त्रालयले जनाएको छ ।

रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन भारत र फ्रान्स सहमत

भारत र फ्रान्स रणनीतिक क्षेत्रका साथै दिगो विकासमा सहयोग बढाउन सहमत भएका छन् । दुवै देशले अन्तरिक्ष र विज्ञानका क्षेत्रमा पनि संस्थागत स्तरमा सहयोग बढाउन सहमति जनाएका छन् ।

फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार सम्पन्न प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने पेरिस भ्रमणका क्रममा दुई देशबीच विभिन्न सम्झौता भएका छन् । रणनीतिक सहयोगको क्षेत्रमा इन्डियन आयल कर्पोरेशन लिमिटेड र टोटल इनर्जी ग्यास एण्ड पावर लिमिटेड ९टोटल एनर्जी० बीच दीर्घकालीन तरल प्राकृतिक ग्यास ९एलएनजी० बिक्री र खरिद सम्झौता (एसपीए) स्थापनाको सम्झौता भएको छ ।

भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ ।

चट्याङसहित परेको भारी वर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् । भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ । सरकारी तथ्यांकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।

विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह

चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन ९आसियान० का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग शुक्रबार भएको भेटमा साझा हितमा ध्यान केन्द्रित गर्न आह्वान गरेका हुन् । एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहेका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शङ्का गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिएका थिए । चीन र भारतको साझा हित आपसी मतभिन्नता भन्दा अधिक रहेकाले सहमतिमा आउन भारतलाई आह्वान नेता वाङले आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ ।

यातायात मन्त्री एस।ईश्वरनलाई गत मंगलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि गत मंगलबार नै पक्राउ गरिएको थियो । निजलाई पनि अनुसन्धानपछि धरौटीमा छाडिएको छ । ब्यूरोले अनुसन्धानको विवरण भने खुलाएको छैन ।

ओङ छानबिनमा परेको खुलासा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले यातायात मन्त्रीमाथिको अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

विश्वको सबैभन्दा कम भ्रष्ट देशमध्येको एक सिङ्गापुर विश्वव्यापी वित्तीय केन्द्र हो । यो देशमा भ्रष्टाचार नियन्त्रणका लागि ‘क्याबिनेट’ मन्त्रीहरूलाई निजी क्षेत्रका ठूला आम्दानी गर्ने व्यक्तिको तुलनामा तलब दिइन्छ ।

पञ्जाबका १४ जिल्ला बाढीको चपेटामा

पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९ गाउँ बाढीबाट प्रभावित भएका छन् ।

हाल, बाढीको प्रकोपको सामना गर्ने १४ जिल्लाहरूमा पटियाला, जालन्धर, कपुरथला, पठानकोट, तरनतारन, फिरोजपुर, फतेहगढ साहिब, फरीदकोट, होशियारपुर, रूपनगर, मोगा, लुधियाना, मोहाली र संगरूर समावेश छन्।

अर्कोतर्फ मुख्यमन्त्री भगवन्त मानसहित धेरै मन्त्रीहरूले बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । विपद् व्यवस्थापन मन्त्री ब्रमशंकर जिम्पाले मोहाली जिल्लाका करिब एक दर्जन बाढी प्रभावित क्षेत्रको भ्रमण गर्दा जलस्रोत मन्त्री गुरमीत सिंह मीत हेयरले पनि डेराबस्सी क्षेत्रको बाढीको अवस्थाबारे जानकारी लिएका थिए ।

प्रदेश सरकारका प्रवक्ताका अनुसार बाढी प्रभावित २ हजार ७६४ जनालाई सुरक्षित स्थानमा सारिएको छ । केही क्षेत्रमा बाढीको स्थितिमा सुधार आएपछि राहत शिविरको संख्या १८३ बाट घटाएर १६१ पुगेको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य विभागले र्‍यापिड रेस्पोन्स टोलीको संख्या ३१५ बाट ४०९ पुर्‍याएको छ भने मेडिकल शिविरको संख्या पनि १८६ बाट २५२ पुगेको छ ।

बाढी प्रभावित क्षेत्रमा १ हजार ७ सय ३० जनावरको उपचार र ७ हजार २ सय ५५ जनावरलाई खोप लगाइएको पशुपालन विभागले जनाएको छ । यसबाहेक, अधिकांश जिल्लाहरूले आफ्नो एचएस खोप अभियान सम्पन्न भएको छ । राहत कार्यमा खटिएका टोलीले विपन्न जनावरलाई उपचार, दाना आपूर्ति र घाँस आदि उपलब्ध गराउन अहोरात्र खटिरहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा खाद्यान्नका प्याकेटहरू निरन्तर वितरण भइरहेका छन् । हालसम्म पटियाला ९३७ हजार० र रुपनगरमा ९१८९३०० गरी ५७ हजारभन्दा बढी खानाका प्याकेट वितरण भइसकेका छन् ।

जब इजरायलका डाक्टरले छुट्टिएको टाउकोलाई पुनः जोडेर चमात्कार गरे !

डाक्टरहरूलाई भगवानको अर्को रूप यसै भनिएको होइन । कहिलेकाहीँ डाक्टरहरूले यस्तो चमत्कार गर्छन् कि विश्वास गर्न गाह्रो हुन्छ। यस्तै एउटा घटना इजरायलमा देखिएको छ, जहाँ डाक्टरहरूले १२ वर्षको केटाको टाउको घाँटीमा सफलतापूर्वक जोडेका छन्।

द टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार सुलेमान हसन नामका १२ वर्षीय बालक दुर्घटनाको शिकार भएका थिए। जसमा बालकको टाउको घाँटीबाट अलग भएको थियो । मोटरसाइकलमा सवार बालकलाई कारले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो, जसमा उनी गम्भीर घाइते भएका थिए । बालकको अवस्था नाजुक देखेर उनलाई हेलिकप्टरबाट हदासाह मेडिकल सेन्टरमा लगिएको थियो, जहाँ उनलाई आकस्मिक शल्यक्रियाका लागि पठाइएको थियो।

डाक्टरका अनुसार उनको टाउको घाँटीको फेदबाट लगभग पुरै काटिएको थियो। बच्चाको शल्यक्रिया टोलीमा रहेका अर्थोपेडिक सर्जन डा। ओहाद इनभले टाइम्स अफ इजरायललाई भने कि यो एकदमै जटिल शल्यक्रिया थियो।

यसमा हामी सफल हुन सक्छौं कि सक्दैनौं भन्ने हामीलाई पूर्णतया कल्पनासमेत थिएन। तर हामीले हार मानेनौं, यो जटिल शल्यक्रिया गर्नका लागि धेरै घण्टा लाग्यो। तर अहिले नतिजा देखेपछि पुरै टिम निकै खुसी छ ।

रिपोर्टका अनुसार यो घटना गत महिना अर्थात् जुनमा भएको थियो तर डाक्टरहरूले जुलाईसम्म यो घटना सार्वजनिक गरेका थिएनन् ।

शल्य चिकित्सकहरूले पनि केटाको बाँच्ने सम्भावना कम भएकाले उनको निको हुनु कुनै चमत्कार भन्दा कम नभएको विश्वास गर्छन्।

प्रतिवेदन अनुसार दुर्घटनामा परेका बालक अहिले उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । तर, अस्पतालले बच्चाको निको हुनेबारे अनुगमन जारी भने राखिरहेका छन् ।

प्रधानमन्त्रीको मुखमा पानी फयाँके पछि कोसोभो अझै अशान्त

युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन । विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु भएको राजनीतिक तनाव अझै कायमै छ।

यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कोसोभोको डेमोक्र्याटिक पार्टीका सांसद मार्गिम लुष्टाकुले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको मुखमा पानी फ्याके पछि संसदमा झडप भएको थियो ।

सो क्रममा एकअर्का सांसद आक्रमणमा उत्रिएपछि झडप सुरु भएको थियो । रोयटर्सका अनुसार झडप सुरु भए पछि प्रधानमन्त्री कुर्तीलाई सभाबाट बाहिर निकालिएको थियो ।

प्रधानमन्त्री अल्बिन कुर्तीले उत्तरी कोसोभोमा कडा कानुन र व्यवस्था लागू गरिरहेको बताएका छन्। यस अवधिमा प्रहरी र नयाँ अल्बेनियाई मेयरहरू पनि तैनाथ गरिएको छ।

कोसोभोका विपक्षी दलहरूले उत्तरमा कुर्तीको नीतिको आलोचना गरेका छन्। यसले प्रमुख पश्चिमी सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ।

प्रहरीको समर्थनमा अल्बेनियाली मेयरको चुनाव पछि मे महिनामा यहाँ हिंसात्मक झडप भएको थियो। सर्बियालीहरूले चुनावको विरोध गर्दैै आएका थिए ।

स्थानीय सर्ब र कोसोभो प्रहरीले नेटो नेतृत्वको शान्ति सेनासँग झडपसमेत परेको थियो । सो क्रममा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । यसले १९९८–९९ जस्तो द्वन्द्वको डर पैदा गर्‍यो, जसमा १० हजार भन्दा बढी मानिसहरू मारिएको घटनालाई स्मरण गराएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीलाई फ्रान्सको सर्वोच्च नागरिक सम्मान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फ्रान्सको सर्वोच्च नागरिक सम्मानबाट सम्मानित भएका छन् । हाल फ्रान्स भ्रमणमा रहेका मोदीलाई फ्रान्सले ‘लिजन अफ अनर’ प्रदान गरेको हो ।

यससँगै मोदी यस सम्मान प्राप्त गर्ने पहिलो भारतीय प्रधानमन्त्री बनेका छन् । फ्रान्सले विश्वका प्रमुख नेता र प्रतिष्ठित व्यक्तित्वहरूलाई लिजन अफ अनर प्रदान गर्दै आएको छ । राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसको एलिसी प्यालेसमा आयोजित रात्रिभोजमा मोदीलाई उक्त सम्मान प्रदान गरेका थिए । भारतीय विदेशमन्त्रालयले मोदीलाई दिइएको सम्मानप्रति धन्यवाद ज्ञापन गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले मोदीले प्राप्त गरेको सम्मान भारत–फ्रान्स साझेदारीको भावनाको न्यानो प्रतीकको रूपमा रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ५९ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ९ गते बुधबार तदनुसार

हैदरावादलाई हराउँदै कोलकाता आईपिएलको फाइनलमा

काठमाडौं । कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा

किमाथाङ्का नाका जेठ १२ गतेदेखि खुला हुने

सङ्खुवासभा – उत्तरी क्षेत्र चीनसँग जोडिएको सङ्खुवासभाको किमाथाङ्का नाका खुला