कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरियो : एमाले « Khabarhub

कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरियो : एमाले


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।

पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उलङ्घन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भङ्ग गरि सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो ।

सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं सलग्न हुने कुरा नेपालको संविधान बितरित भएको र यो संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार भएको एमालेको ठहर छ । बैठकले मिटरव्याज सम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्व नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले सत्ता गठबन्धनले बिभिन्न स्वायत र गैरराजनीतिक संस्थाहरुमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरुलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियालाप गर्दै आएको भन्दै भ्रत्र्सना गरेको छ । सचिवालय बैठकले प्राकृतिक प्रकोपको घटनाका कारण ठूलो जनधनको क्षति भएकाले घरबार गुमाएकाहरुलाई तत्काल पुनस्र्थापित गर्न, राष्ट्रिय राजमार्ग सहित सडक पूर्वाधाररको यथाशीघ्र पुननिर्माण र जनजीवनलाई स्वभाविक अवस्थामा फर्काउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताए ।

त्यस्तै बैठकले देशैभरी फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, विमा रकम तत्काल भूक्तानी गर्न र राहत दिन सरकारसंग माग गरेको उनले बताए। बैठकले पार्टीको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको र अन्य केहि नेताहरुको जिम्मेवारी हेरफेर गरिएको ज्ञवालीले जानकारी दिए ।

त्यस्तै उपमहासचिव ज्ञवालीले साउन २ देखि ६ गतेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको जानकारी दिए भने बैठकले पार्टी सदस्य नविकरणको म्याद असार मसान्तभित्र सम्पन्न हुने भएकाले साउन १५ भित्र सवै बिबरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको बताए ।

 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : २८ बजे

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ

बालेन कार्यशैलीबारे प्रचण्डको दिक्दारी : मलाई नै बोलाएर सोधे पनि हुन्थ्यो नि !

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

प्रतिनिधिसभा–शून्य समय : जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण 

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदहरूले सुनसरी

सुनसरी घटनाबारे प्रचण्ड, ‘गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, सरकारले जवाफ दिनुपर्छ’

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले