महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेन र स्पेन खेल्ने  « Khabarhub

महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेन र स्पेन खेल्ने 


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा आज स्वीडेन र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल अष्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

स्वीडेनले क्वार्टरफाइनलमा चार पटकको विश्व च्याम्पियन अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ र २०११ को च्याम्पियन जापानलाई २–१ ले हराएको थियो । यो टोली राम्रो लयमा छ । 

यस्तै, स्पेन आफ्नो समूह खेलहरूमा जापानसँग ०–४ ले पराजित भए पनि क्वार्टरफाइनलमा अतिरिक्त समयमा गोल गर्दै डिफेन्डिङ उपविजेता नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

यस्तै, दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ०१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर