महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेन र स्पेन खेल्ने  | Khabarhub Khabarhub

महिला विश्वकपको सेमिफाइनलमा आज स्वीडेन र स्पेन खेल्ने 


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा आज सेमिफाइनलका खेल सुरु हुँदैछ । सेमिफाइनल अन्तर्गतको पहिलो खेलमा आज स्वीडेनस्पेनबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल अष्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

स्वीडेनले क्वार्टरफाइनलमा चार पटकको विश्व च्याम्पियन अमेरिकालाई पेनाल्टी सुटआउटमा ५–४ र २०११ को च्याम्पियन जापानलाई २–१ ले हराएको थियो । यो टोली राम्रो लयमा छ । 

यस्तै, स्पेन आफ्नो समूह खेलहरूमा जापानसँग ०–४ ले पराजित भए पनि क्वार्टरफाइनलमा अतिरिक्त समयमा गोल गर्दै डिफेन्डिङ उपविजेता नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

यस्तै, दोस्रो सेमिफाइनलमा भोलि अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : ०१ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु