स्पेनिस ला लिगा : एथ्लेटिको मड्रिडको विजयी सुरुवात | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : एथ्लेटिको मड्रिडको विजयी सुरुवात


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिडले विजयी सुरुआत गरेको छ ।

गएराति मड्रिडस्थित सिभिटास मैदानमा भएको खेलमा ग्रानाडालाई ३–१ गोलले हराउँदै एथ्लेटिकोले जित निकालेको हो ।

एट्लेटिकोको जितमा एल्भारो मोरटा, मेम्फिस डिपाए र मार्कोस लोरेन्टले एक–एक गोल गरेका थिए । ग्रानाडाका सामुयल ओमोरोडिओनले एक गोल फर्काएका थिए ।

एथ्लेटिकोका एल्भारोले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६२ औँ मिनेटमा सैमुअल ओमोरोडियनले गोल गर्दा ग्रानडा १–१ को बराबरी गर्दै खेलमा फर्किएको थियो ।

त्यसपछि दोस्रो हाफको ६७औँ मिनेटमा एथ्लेटिकोका मेम्फिसले गोल गर्दै खेललाई २–१ को स्थितिमा लगे । त्यसपछि अतिरिक्त समयमा मार्कोसले गरेको गोलसँगै एथ्लेटिको मड्रिड ३–१ ले विजयी भयो ।

यो जितसँगै एथ्लेटिकोले ३ अंक बनाएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ८ : २२ बजे

अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल शुरू

एजेन्सी – कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक

मनाङको स्याउ मनाङमै खपत

मनाङ – हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको

भोलिदेखि मौसम सुध्रने सम्भावना

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसम क्रमिकरूपमा

ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल

काठमाडौँ – नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध