रुसको एक पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु, ६० भन्दा बढी घाइते « Khabarhub

रुसको एक पेट्रोल पम्पमा विष्फोट, १२ जनाको मृत्यु, ६० भन्दा बढी घाइते


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रुसको एक पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ । घटनामा ६० भन्दा बढी घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार गएराति दक्षिणी क्षेत्र दागेस्तानमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् ।

ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।

विस्फोटबाट पेट्रोल पम्प ध्वस्त भएको छ भने विष्फोटको कारण खुलाइएको छैन । विष्फोट भएको क्षेत्र राजधानी मस्कोबाट १६ सय किलोमिटर टाढा पर्दछ । विस्फोट लगत्तै भएको आगलागीबाट सयौँ सवारी साधन पनि नष्ट भएका छन् ।

दागेस्तानका गभर्नर सर्गेइ मेलिकोभले घटनाको अनुसन्धान भइरहेको भन्दै सर्वसाधारणलाई धैर्य रहन अपील गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : २३ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन