भारतले आज ७७औँ स्वतन्त्रता दिवस मनाउँदै, सुरक्षा व्यवस्था कडा « Khabarhub

भारतले आज ७७औँ स्वतन्त्रता दिवस मनाउँदै, सुरक्षा व्यवस्था कडा


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतले आज आफ्नो ७७औँ स्वतन्त्रता दिवस मनाउँदै छ ।भारतले सन् १९४७ मा अंग्रेज शासनबाट मुक्त भएको दिनको स्मरणमा हरेक वर्ष अगस्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउने गरेको छ ।

दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ। सन् २०१४ मा सत्तामा आएका मोदीको स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लामा हुने सम्बोधन यसपालि १०औँ हो।

प्रधानमन्त्री मोदीले ७७औं स्वतन्त्रता दिवसको अवसरमा देशवासीलाई बधाई दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘तपाई सबैलाई स्वतन्त्रता दिवसको धेरै धेरै शुभकामना । यस ऐतिहासिक अवसरमा अमृतकलमा विकसित भारतको संकल्पलाई बलियो बनाउनुहोस् । जय हिन्द !’

स्वतन्त्रता दिवसको कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्वतन्त्रता दिवसमा १० हजार भन्दा बढी सुरक्षाकर्मीहरु शहरभर खटाइएको छ ।

आइतबार मध्यरातदेखि नै ठूला सवारी साधनलाई राजधानी प्रवेश गर्न रोक लगाइएको छ । सिमानाको निगरानी र गुप्तचर संकलनका लागि जवान तैनाथ गरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ४३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५