आजको तरकारी तथा फलफूलको मूल्य कति ? « Khabarhub

आजको तरकारी तथा फलफूलको मूल्य कति ?


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका नुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १४० रुपैयाँ, टनेल गोलभेडा सानो ८५, घिउ सिमी लोकल ७०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४१, भारतीय आलु रातो ३५, भारतीय प्याँज सुकेको ५८, लौका ५०, हरियो फर्सी ७०, घिरौला ३० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल २०, गाँजर १००, मूला सेतो ४०, मूला रातो ६०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ४०, मकै बोडी ६०, टाटे सिमी ७०, तितो करेला ४०, ब्रोकाउली ९०, कागती १२०, भिण्डी ५०, पिँडालू ६०, निगुरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७०, लोकल काँक्रो ५०, तामा ९०, अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जनको १४०, अनार ३५०, नासपाती ६०, एभोकाडो ५००, कालो अंगुर ४००, किवी ७००, हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २४०, चाइनिज लसुन २६०, लसुन हरियो १२०, रुख कटहर ३५, छ्यापी सुकेको २२०, भेडे  खुर्सानी ७०, फूजी स्याँउ ३५०, अम्बा २८०, जुनार ३००, तोफु ११०, तने बोडी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ५३ बजे

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई

सैनिक कर्मचारी सवार मिनीबसमा आक्रमण, एक जनाको मृत्यु

तेहरान- इरानको अशान्त दक्षिण–पूर्वी सिस्तान–बलुचिस्तान प्रान्तमा सैनिक कर्मचारी सवार मिनीबसमा सशस्त्र

बढ्यो त्रिविको बजेट, कुन शीर्षकमा कति?

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को वार्षिक बजेटमा वृद्धि भएको

‘रमणी’को खुसीमा पूर्वपतिको प्रश्नले बिगार्‍यो माहोल, एलिना चौहान आक्रोशित

काठमाडौं– नयाँ ठाउँमा आफ्नो व्यवसाय सुरु गरेको खुसी बाँड्न सञ्चारकर्मी

नयाँ बसपार्कमा गाउँ फर्किनेको बढ्यो भीड (तस्बिरहरू)

काठमाडौं– वडा दसैँ नजिकिएसँगै काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर फर्किने