पोखराका ट्याक्सी अब मिटरमा सञ्चालन हुने « Khabarhub

पोखराका ट्याक्सी अब मिटरमा सञ्चालन हुने


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन हुने छन् । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो । 

पर्यटकीय सहर पोखरामा ट्याक्सी मिटरमा सञ्चालन नहुँदा यात्रु ठगिँदै आएका थिए । यातायात व्यवस्था कार्यालयले आज सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटरजडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयले मिटरमा ट्याक्सी नचलाउने चालकलाई कारबाही हुनेसमेत जनाएको छ । 

कार्यालयका प्रमुख डिल्लीराम रिजालका अनुसार मिटरमा नचल्ने र अटेर गर्ने चालकलाई कारबाही गरिने बताए। उनले भने, “यसपटक यो नियम कार्यान्वयन गरी छाड्छौँ ।” ट्याक्सी मिटरमा सञ्चालन भए÷नभएको बारेमा नियमित अनुगमन गर्छौँ । भाडादर २०७८ सालमा प्रदेश सरकारले समायोजन गरेअनुसार हुने उनको भनाइ छ ।

प्रदेशले समायोजन गरेको पछिल्लो भाडादर अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको रु ८० र त्यसपछि प्रति दुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी  ३७ रुपैयाँ ५० पैसाका दरले भाडा तिर्नुपर्नेछ ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा चलाउन तयार रहेको बताएका छन्। “पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा सरकारले भाडादर समायोजन गर्नुपर्छ”, उनले भने। इन्धनको भाउ घटबढ हुँदा स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा तिवारीले जोड दिए । 

कार्यालयले अनाधिकृत रुपमा सञ्चालन भएका एप तथा अन्यरुपले रातो प्लेट ९निजी० सवारीसाधन प्रयोगमा ल्याई भाडाको रुपमा सञ्चालन गरेको पाइएमासमेत कानुन बमोजिम कारबाही हुने जनाएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : १२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको