पोखराका ट्याक्सी अब मिटरमा सञ्चालन हुने « Khabarhub

पोखराका ट्याक्सी अब मिटरमा सञ्चालन हुने


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन हुने छन् । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो । 

पर्यटकीय सहर पोखरामा ट्याक्सी मिटरमा सञ्चालन नहुँदा यात्रु ठगिँदै आएका थिए । यातायात व्यवस्था कार्यालयले आज सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटरजडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयले मिटरमा ट्याक्सी नचलाउने चालकलाई कारबाही हुनेसमेत जनाएको छ । 

कार्यालयका प्रमुख डिल्लीराम रिजालका अनुसार मिटरमा नचल्ने र अटेर गर्ने चालकलाई कारबाही गरिने बताए। उनले भने, “यसपटक यो नियम कार्यान्वयन गरी छाड्छौँ ।” ट्याक्सी मिटरमा सञ्चालन भए÷नभएको बारेमा नियमित अनुगमन गर्छौँ । भाडादर २०७८ सालमा प्रदेश सरकारले समायोजन गरेअनुसार हुने उनको भनाइ छ ।

प्रदेशले समायोजन गरेको पछिल्लो भाडादर अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको रु ८० र त्यसपछि प्रति दुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी  ३७ रुपैयाँ ५० पैसाका दरले भाडा तिर्नुपर्नेछ ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा चलाउन तयार रहेको बताएका छन्। “पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा सरकारले भाडादर समायोजन गर्नुपर्छ”, उनले भने। इन्धनको भाउ घटबढ हुँदा स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा तिवारीले जोड दिए । 

कार्यालयले अनाधिकृत रुपमा सञ्चालन भएका एप तथा अन्यरुपले रातो प्लेट ९निजी० सवारीसाधन प्रयोगमा ल्याई भाडाको रुपमा सञ्चालन गरेको पाइएमासमेत कानुन बमोजिम कारबाही हुने जनाएको छ । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : १२ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार