तस्करीको बरामद सुन पगालियो, केहीबेरमा परिमाण सार्वजनिक गरिने « Khabarhub

तस्करीको बरामद सुन पगालियो, केहीबेरमा परिमाण सार्वजनिक गरिने


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएपछि सिनामंगलबाट बरामद गरिएको सुन आज पगालिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । आज बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन यकिन तौल आएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले जानकारी दिए ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा पुगिसकेको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : १७ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि