तस्करीको बरामद सुन पगालियो, केहीबेरमा परिमाण सार्वजनिक गरिने | Khabarhub Khabarhub

तस्करीको बरामद सुन पगालियो, केहीबेरमा परिमाण सार्वजनिक गरिने


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएपछि सिनामंगलबाट बरामद गरिएको सुन आज पगालिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । आज बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन यकिन तौल आएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले जानकारी दिए ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा पुगिसकेको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : १७ बजे

कवाडी व्यवसायीलाई अमरेशले भने- सबै कवाडी बालेनको घर अगाडि थुपारिदिनु 

काठमाडौं– स्वतन्त्र सांसद डा। अमरेश कुमार सिंहले कवाडी व्यवसायीहरूले सबै

बजेटबारे छलफल चल्दा संसद्‍का आधा कुर्सी रित्तै (तस्बिरहरू)

काठमाडौं-  गत जेठ १५ गते पेश भएको विनियोजन विधेयक-२०८१ अन्तर्गत

निधारमा गोली लागेर शौचालयमा ढलेका थिए प्रहरी जवान गोले

काठमाडौं- संघीय संसद् ‍भवन परिसरमा मृत भेटिएका प्रहरी जवानको शव निधारमा

हिलो–लेदो माटोमा मालवाहक गाडी फसेपछि…

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गतको निर्माणाधीन काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्डमा आज बिहान

प्रेम सम्बन्धमा रहेका अस्मिता र महेशले दुबईमा गरे इन्गेजमेन्ट

काठमाडौं- प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश