दोदा नदीले जग्गा कटानी गर्दा बस्ती जोखिममा « Khabarhub

दोदा नदीले जग्गा कटानी गर्दा बस्ती जोखिममा


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– लालझाडी गाउँपालिका–३ मा दोदा नदीले धार परिवर्तन गरी जग्गा कटान तीव्र बनाएको छ । नदी बस्तीतर्फ सोझिन थालेपछि स्थानीय बासिन्दा निकै चिन्तित भएका छन् । दैनिक नदीको पानीले तीन बिघाभन्दा बढी जग्गा कटान गरी बगरमा परिणत गरिरहेको त्यहाँका वडाध्यक्ष टीकाराम चौधरीले बताए।

‘विसं २०६५ अघि बग्दै आएको ठाउँमा नदी बग्न थालेको छ’, उनले भने, ‘नदीमा पानीको बहाव उच्च हुँदा जग्गा कटान तीव्र बनाएको छ ।’ उनका अनुसार हालसम्म सार्वजनिक र निजी गरी ३० बिघा जग्गा नदीले कटान गरेर बगाएको छ । नदी रोकथामका लागि स्थानीय बासिन्दाले विगतमा दातृ निकायको सहकार्यमा जैविक तटबन्ध निर्माण गरी घाँस रोपेका थिए । घाँस रोपेपछि नदीको कटान रोकिँदै आएको थियो । हाल नदीले घाँस रोपेको क्षेत्रमा पनि कटान गरी क्षति पुर्‍याएको वडाध्यक्ष चौधरीले बताए । 

विसं २०७१ मा बनाइएको तटबन्ध नजिकै नदीले जग्गा कटानी गरिरहेको छ । तत्काल रोकथामको प्रयास नगरिए तटबन्ध भत्किने खतरा रहेको स्थानीयवासी तारा केसीले बताए । 

रोकथामको प्रयास नगरिए नदी तटीय क्षेत्रमा बसोबास गर्ने २५ परिवार विस्थापन हुने सम्भावना बढेर गएको उनले उल्लेख गरे। चुरे क्षेत्रमा वर्षा हुँदा नदी तटीय क्षेत्रका बासिन्दाले अनिदोमै रात काट्ने गरेको स्थानीयवासी टीकादत्त पन्तले बताए। 

भरपर्दो तटबन्धको माग गर्दै आए पनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको उनको भनाइ थियो । विसं २०६५ मा जग्गा कटान भइरहेको क्षेत्रबाटै नदी बस्तीमा पस्दा दर्जनौँ परिवार विस्थापन भएका थिए । बाढीबाट जग्गा कटान भई बेघर भएका व्यक्तिहरू अझै पनि नजिकैका सामुदायिक वन छेउ झुपडी बनाएर बस्दै आएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  २ : ५२ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि