मलेसियामा एक नेपाली युवा बेपत्ता « Khabarhub

मलेसियामा एक नेपाली युवा बेपत्ता


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

दोहा– वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । विगत १ वर्षदेखि मलेसियामा बेपत्ता भएका बारा जिल्लाको साविक पिपरा सिमरा गाउँ विकास समिति र हालको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ का रमेश लाल बछारलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ । 

दूतावासका अनुसार बछार मलेसियाको अफ्रा सर्भिसेस एसडीएन बीएचडीमा कार्यरत रहेको र विगत एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेको जनाएको छ । रोजगारदाता, उनका साथीहरू तथा मलेसियन प्रहरी समेत खोजीकार्य गर्दा फेला नपरेको दूतावासले जनाएको छ ।

उनको खोजी कार्यमा सहयोग पुग्ने केही जानकारी भए वा चौधरीलाई देखेमा परिवारको सम्पर्क ००९७७९८६५४१५८५५ अथवा ००९७७९८६३७८९००३ मा जानकारी गराई दिन दूतावासले अनुरोध गरेको छ । साथै, कार्यालयको हटलाइन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

रोजगारीकै लागि लाखौँ नेपालीहरू मलेसिया जाने गरिरहन्छन् । त्यहाँ पुगेका केही नेपाली भने परिवारको सम्पर्कबाट टाढा हुने गरेको विभिन्न घटना क्रम र अध्ययनहरूले देखाएका छन् ।

रोजगारीको क्रममा विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहना लगायत कारणबाट त्यहाँ पुगेका नेपालीहरू परिवारको सम्पर्कमा नआएका बुझिएको छ । 

पछिल्लो समय रोजगारीका लागि मलेसिया पुगेका धेरै नेपाली युवाहरू बेपत्ता हुने क्रम बढेको देखिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ३ : ०५ बजे

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर