राष्ट्रिय खेलकुद परिषदका कर्मचारी आन्दोलित « Khabarhub

राष्ट्रिय खेलकुद परिषदका कर्मचारी आन्दोलित


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बढुवा प्रक्रियालाई यथाशीघ्र अगाडि बढाउन माग गर्दै राष्ट्रिय खेलकुद परिषदका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । 

गत सोमबार संघकी अध्यक्ष सरस्वती केसी भण्डारी नेतृत्वको कर्मचारीको टोलीले युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र बढुवा प्रक्रियालाई अगाडि बढाउन माग गरेको थियो । 

तर, माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएको भन्दै संघको नेतृत्वमा कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । गत बिहीबार पत्रकार सम्मेलन गरेर संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । घोषित आन्दोलनअनुसार गत आइतबारदेखि पाखुरामा कालोपट्टी बाँधेर कर्मचारी आफ्नो नियमित काम गरिरहेका छन् । मंगलबार तेस्रो दिन उनीहरु कालोपट्टी बाँधेरै काम गरेका छन् । 

परिषदमा कार्यरत प्राविधिक एवं प्रशासनिक कर्मचारीहरूको बढुवा प्रक्रिया ढिलाइ गरेको कारणले यथाशीघ्र प्रक्रियाअगाडि बढाउन  शान्तिपूर्ण विरोध स्वरुप कालोपट्टी बाँधेर काम गरेका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ३ : ४८ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको