महरा बाबुछोरामाथि पनि छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

महरा बाबुछोरामाथि पनि छानबिन हुन्छ : प्रधानमन्त्री प्रचण्ड


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुलमाथि पनि छानबिन हुने बताएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सुन तस्करी काण्डमा संलग्न रहेको आरोप लागेका महरा बाबुछोरामाथि छानबिन हुने बताएका हुन् ।

उनले महरा बाबुछोरामाथि छानबिन गर्न निर्देशन दिइसकेको उल्लेख गर्दै आजभोलिमै छानबिन प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

सुन तस्करी काण्डमा मुछिएका चिनियाँ नागरिक वाङसँग पूर्वसभामुखसमेत रहेका कृष्णबहादुर महरा र छोरा राहुलको साँठगाँठ रहेको आरोप लागेको छ ।

उनीहरुले वाङसँग २३४ पटकभन्दा धेरै टेलिफोन सम्पर्क गरेको खुलासा भइसेको छ । यद्यपि महराले भने वाङ फलफूल व्यापारी रहेको र फलफूल व्यापारीकै नाताले आफू उनीसँग सम्पर्कमा रहेको जिकिर गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको