पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : नेता सिंह « Khabarhub

पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्छ : नेता सिंह


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी बलियो बनाउन जनतामाझ पुग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ प्रदेश (क) ले आज यहाँ आयोजना गरेको ‘प्रदेश सम्मेलन’मा नेता सिंहले कांग्रेसले बलियो बनाउनका लागि जनतामाझ पुग्नुपर्ने बताएका हुन्  ।

‘पार्टीका नेता, कार्यकर्ता जनताको घरदैलोमा पुगेर उनीहरूको समस्या समाधानमा लागेमात्र पार्टीप्रति जनताको विश्वास र भरोसा हुन्छ’, उनले भने । नेता सिंहले पार्टीभित्र चुनौती बढेको भन्दै पार्टीका सबै तह र संरचनालाई विधि, पद्धति र नियमबाट अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

कार्यक्रम गर्दा सकेसम्म कम खर्च गरेर परिणाम धेरै  आउने गरी काम गर्न उनले सुझाव दिए । ‘पार्टीभित्र काम नगर्ने तर पैसाको चलखेल गर्ने व्यक्तिलाई पाखा लगाउनुपर्छ, पार्टीभित्रबाटै उक्त अभियान चलाउनुपर्छ,’ उनले भने । 

पूर्वउपप्रधानमन्त्री सिंहले भ्रष्टाचार र अनियमितता रोक्दै टोल र वडाबाटै कार्यशैलीमा सुधार गरेमा कांग्रेस २०४६ सालभन्दा अगाडिको जस्तै सशक्त बन्ने धारणा राखे । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैलाई खबरदारी गर्दै समस्याको समाधान गर्नेतिर लाग्नुपर्ने उनको भनाइ थियो । उनले केन्द्रबाट सर्कुलर भएका कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले पार्टीको केन्द्रीय समितिले गरेको निर्देशनलाई पालना गरेमात्र पार्टी थप बलियो र मजबुत हुने भनाइ व्यक्त गरे । उनले कांग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजान सकेमात्र आगामी निर्वाचनमा बलियो हुने बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : २३ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो