‘ओह माइ गड २’ लाई विद्यालयमा पनि देखाउनुपर्छ : अक्षय कुमार | Khabarhub Khabarhub

‘ओह माइ गड २’ लाई विद्यालयमा पनि देखाउनुपर्छ : अक्षय कुमार


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘ओह माइ गड २’ ले यतिबेला हलमा दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । बक्स अफिस कलेक्सनमा ‘गदर २’ को तुलनामा निकै पछि रहेपनि यसले उठाएको विषयवस्तुलाई दर्शकहरुले रुचाइरहेका छन् ।

अक्षयका साथै पंकज त्रिपाठी र यामी गौतमको मुख्य भूमिका रहेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’ का कारण दिनानुदिन बक्स अफिसमा कमाइ वृद्धि गरिरहेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार अमित राय निर्देशित फिल्मले यौन शिक्षाको मुद्दालाई उठाएको छ । यो फिल्मलाई भारतीय सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट ‍दिएको छ । यसैबीच, अभिनेता अक्षय कुमारले ‘ओह माइ गड २’ लाई विद्यालयहरुमा देखाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा उनले फिल्मलाई एडल्ट सर्टिफिकेट दिएकोप्रति पनि घुमाउरो ढंगमा असन्तुष्टि जनाएका छन् । उनलाई उद्धृत गर्दै एएनआईले लेखेको छ, ‘कमालको कुरा बताऊँ, यो पहिलो एडल्ट फिल्म हो जो टीनएजरका लागि बनेको छ ।’

‘ओह माइ गड २’ मा अक्षयले भगवान शिवको भूमिका निभाएका छन् । उनी पंकज त्रिपाठीको मद्दतका लागि आउने/जाने गरिरहन्छन् । पंकज यौन शिक्षाको मुद्दाका लागि अदालतमा लडिरहेको फिल्ममा देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : ५३ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको