काठमाडौँ- भारतमा आयोजना हुने क्षयरोगसम्बन्धी सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
भारतको गुजरातमा आयोजना हुने क्षयरोगसम्बन्धी डब्लुएचओको सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य गर्ने अन्तर्राष्ट्रिय राजनीतिक प्रतिबद्धतामा नेपालले पनि सहमति जनाएकाले सम्मेलन महत्वपूर्ण हुने मन्त्री बस्नेतले जानकारी दिए ।
सम्मेलन अगस्त १६ र १७ तारिखमा हुने उनले बताए । त्यस्तै, भारत भ्रमणका क्रममा आयुर्वेद चिकित्सा पद्धतिसम्बन्धी ग्लोबल सम्मेलन र वान अर्थ वान हेल्थ सम्मेलनमासमेत सहभागिता जनाउने मन्त्री बस्नेतले बताए ।
सो क्रममा डब्लूएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिन लागेका डा. शम्भु आचार्यको पक्षमा मत माग्नेसमेत उनले बताए । मन्त्री बस्नेत भदौ तीन गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया