कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय « Khabarhub

कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गर्ने सरकारको निर्णय


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले रोकिएको कित्ताकाट खुल्ला गर्ने गरी भू–उपयोग नियमावली पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रोकिएको कित्ताकाट, नामसारी लगाएत सवै काम फुकाउने गरि भू–उपयोग नियमावली पारित गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए । नियमावली पारितभएसंगै कित्ताकाटमा देखिएका अप्ठेरा र झमेलाबाट मुक्त भई सहज रुपमा काम अघि बढ्ने उनले बताए ।

त्यस्तै बैठकले गोरखामा एक व्यक्तिको घरमा फेला परेकोे टल्किने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार परिसरमा प्रतिस्थापन गर्ने निर्णय गरेको छ भने अहिलेसम्म उक्त ढुङ्गालाई संरक्षण गर्ने व्यक्तिलाई पुरस्कृत गर्ने निर्णय गरेको मन्त्री ज्वालाले बताए।

बैठकले नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहलाई स्वागत गर्दै निवर्तमान मन्त्री अमललाल मोदीलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको मन्त्री ज्वालाले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ५२ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ