गृहले गर्‍यो चार जिल्लाका प्रजिअको सरुवा « Khabarhub

गृहले गर्‍यो चार जिल्लाका प्रजिअको सरुवा


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालय चार जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । मन्त्रालयले आज चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरेको हो ।

सप्तरीका प्रजिअ भूपेन्द्र थापालाई चितवन सरुवा गरिएको छ । चितवनका प्रजिअ सुरेन्द्र पौड्याललाई नुवाकोट पठाइएको छ । मन्त्रालयले नुवाकोटका प्रजिअ किरण थापालाई सप्तरी सरुवा गरेको छ ।

यस्तै धनुषाका प्रजिअ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ । विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको प्रजिअ बनाइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : १६ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर