भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो « Khabarhub

भारतको हिमाचल प्रदेशमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको हिमाचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ ।

अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्छ’ हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले भनेका छन् ।

हिमाचल प्रदेशमा जुन २४ मा मनसुन सुरु भएदेखि नै भारी वर्षा भइरहेको छ । जसले पहिरो, चट्याङका कारण ठूलो विनाश निम्त्याएको छ ।

सोमबार समर हिलमा रहेको एउटा मन्दिर पहिरोमा परेर भत्किएको थियो । घटनामा ३० देखि ३५ जना भित्र फसेको राष्ट्रिय प्रकोप प्रतिक्रिया बलका अधिकारी नफीस खानले आशङ्का व्यक्त गरेका छन् ।

घटनास्थलबाट ११ जनाको शव निकालिएको छ भने खोजी कार्य जारी छ । सरकारले उपलब्ध गराएको विवरणअनुसार सोमबार साँझसम्म राज्यभर २८३ जनाको ज्यान गएको छ । प्रकोपमा अरु ३०४ जना घाइते भएका छन् भने ३३ जना बेपत्ता भएका छन् ।

राज्य आपतकालीन सञ्चालन केन्द्रले विपद्का कारण राज्यमा ८५७ सडक बन्द गरिएको जनाएको छ । भारतको मौसम विभागले मङ्गलबार हिमाचल प्रदेशमा आगामी दुई दिनसम्म भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ७ : २७ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि