प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयबाट प्राप्त कार्यभारी तोकिएको सम्बन्धीको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन् । 

साथै, सभामुख घिमिरेले नेपालको संविधान धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको ब्यहोरा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१५ को (१) बमोजिम जानकारी गराउने छन् । जसअनुसार प्रतिनिधिसभा सदस्यसमेत रहेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन पछि निर्वाचन क्षेत्र इलाम–१ रिक्त रहेको जानकारी बैठकमा गराइनेछ । नेम्बाङको गत मंगलबार निधन भएको थियो भने हिजोको बैठक शोक प्रस्ताव पारित गरेको थियो । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विद्येयक २०८० लाई दफावार छलफलका लागि बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ६ : २४ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर