हृदयघातबाट बच्न के गर्ने ? | Khabarhub Khabarhub

हृदयघातबाट बच्न के गर्ने ?

स्वास्थ्य शरीरका लागि हप्तामा १२० मिनेट व्यायाम अनिवार्य


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय धेरैजसो मानिसमा दैनिक जीवनशैलीमा भएको परिवर्तन र अव्यवस्थित खानपानले मुटुरोगको समस्या देखिन थालेको छ। यो नै मानिसको मृत्युको पहिलो कारण पनि बन्ने गरेको छ। मुटुरोग भन्नाले धेरैजसो हृदयघात र हार्टफेललाई बुझ्ने गरिन्छ। हृदयघात यस्तो आपतकालीन स्वास्थ्य अवस्था हो, जसमा बिरामीलाई तुरुन्तै अस्पताल लैजानुपर्छ। यस्तो अवस्थामा बिरामीले समयमै चिकित्सकीय सहयोग नपाएमा मृत्युको जोखिम बढ्छ। हृदयघात विशेष गरी ४० वर्ष माथिका मानिसहरूमा देखा पर्दछ। तर गलत खानपान र शारीरिक व्यायामको अभावमा अहिले युवा उमेरका मानिसमा पनि हृदयघातको समस्या देखिन थालेको छ। हृदयघातका सानातिना लक्षणलाई पनि बेवास्ता गरियो भने ज्यानै जानसक्ने चिकित्सक बताउछन्। हृदयघात भनेको के हो ? हृदयघातका लक्षण कस्ता छन् ? हृदयघातबाट बच्ने उपायहरु के के हुन् ? यिनै विषयमा आधारित रहेर खबरहबका लागि मुटु रोग विशेषज्ञ अर्थात् मुटु शल्यचिकित्सक डा. विजय राजवंशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय हृदयघातको समस्या के कारणले बढ्दै गएको छ ?
हृदयाघात अर्थात हार्ट अट्याकको धेरै कारणहरू हुन्छन्। कतिपय वंशाणुगत रोगहरूको कारणले पनि मुटुमा हृदयाघात हुनसक्छ। हर्मनको कारणले महिलामा भन्दा पुरुषमा धेरै यो समस्या देखिन्छ। महिलामा पुरुषमा भन्दा हृदयघातको खतरा कम हुन्छ। यसबाट बच्च उच्च रक्तचाप, मधुमेह, रगतमा कोलेस्ट्रोलको मात्र, अल्कोहलको अत्यधिक सेवन गर्नाले हुनसक्छ।

आफूलाई हृदयघात हुँदैछ भनेर थाहा पाउन सकिँदैन ?
यसको लक्षणमा छातीको बिच भागमा दुख्ने, श्वास फुल्ने, कहिले मुटुको चाल थाहा हुने हुन्छ। यसका साथै परिश्रम गर्दा दम बढ्नु, खुट्टाहरू सुन्निनु, घाँटीको रक्तनली फुल्नु, देब्रे छातीतिर श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउनु, वाकवाक लाग्ने हुनसक्छ। यस्तो भयो भने अस्पताल गइहाल्नु पर्दछ। हृदयाघातको कहिले पनि घरमा बसेर उपचार गर्न सकिँदैन। कतिपय अवस्थामा अस्पताल जान समय नभए पनि आफ्नो उमेर ४० वर्ष कटेपछि डाक्टरलाई भेटेर जाँच गर्न सकिन्छ। जसले गर्दापछि गम्भीर समस्या हुँदैन। हृदयाघात भएका एक तिहाई बिरामीको अस्पताल पुग्नुभन्दा अगाडि नै मृत्यु हुन्छ। छाती वा पेटको माथिल्लो भागमा दुख्दा धेरैले ग्यास्ट्रिक भनेर मेडिकलमा गएर ग्याष्ट्रिकको औषधिहरु ल्याएर पनि खाएर बस्नु हुन्छ। त्यसो गर्नु हुँदैन। समयमा नै जाँच गराउनु पर्छ।

यो समस्या वंशाणुगत रूपमा जान्छ ?
यो समस्या वंशाणुगत रूपमा जान्छ त्यसैले परिवारमा कसैलाई हृदयाघात भएको छ भने अरु सदस्यले एक पटक मुटुको जाँच गराउनु पर्दछ। अरू मान्छेले पनि पनि ४० वर्ष कटेपछि डायबिटिज, उच्च रक्तचापलगायत रोग जाँच गराउनु पर्छ।

हृदयघातको जोखिम कस्ता व्यक्तिलाई बढी हुने हो ?
हृदयघात लामो समयसम्म उच्च रक्तचाप, मधुमेहको सुगर लेबल नियन्त्रण नभएमा, मधुमेहको औषधि छुटाएका बिरामी, कोलेस्टेरोल बढेमा, शारीरिक व्यायामको कमी, असन्तुलित खानपान, बाहिरका खाना धेरै खाँदा र धुम्रपान र मद्यपान धेरै सेवन गर्ने व्यक्तिमा हुने जोखिम बढी हुन्छ। यसको लागि जीवनशैलीलाई विशेष ध्यान दिनुपर्दछ। हप्तामा १२० मिनेट व्यायाम गर्नु आवश्यक छ।

पछिल्लो समय युवा पुस्तामा यो समस्या बढ्नुको कारण के हो ?
अहिले धेरै मानिसले चाँडो डायग्नोसिस् गरेका छन्। जसबाट समयमा नै स्वास्थ्यमा केही समस्या भए नभएको पहिला नै थाहा पाइन्छ त्यसकारण पनि समयमा नै पहिचान भएको छ । उच्च रक्तचापको कारणले ४० प्रतिशत मानिसमा हृदयाघात भएको छ, डायबिटिज, अहिलेको जीवनशैली जस्तो धूम्रपान, अल्कोहल सेवन, नियमित व्यायाम नगर्दा, खानपानमा ध्यान नदिँदा यो समस्या बढेको छ।

एक पटक हृदयाघात भएर निको भएपछि दोहोरिने सम्भावना कति हुन्छ ?
दोहोरिन सक्छ। त्यसको लागि मुटुको रगत नलीमा ब्लकेज आएर मुटुको उपचार, अप्रेसन गर्छौ र जीवन भर औषधि खानु पर्दछ। अब सबै सकियो भनेर ढुक्क भएर बस्न सक्ने अवस्था भने हुदैन।

हृदयघात भएर अस्पताल आएपछि कसरी गरिन्छ यसको उपचार ?
यसमा हामीले मुटुको चाल, इसिजी, सिटी स्क्यान, डाइग्नोसिस पनि गर्छौ। रगत नलीको हात वा खुट्टाबाट तार छिराएर ब्लकेट भएको छ कि छैन भनेर हेर्छौँ। त्यही अनुसारको उपचार गर्छौँ।

यस्तो समस्या नै नहोस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि जीवनशैलीलाई विशेष ध्यान दिनुपर्दछ। हप्तामा १२० मिनेट व्यायाम गर्नु आवश्यक छ। ४० वर्ष कटेपछि डायबिटिज, उच्च रक्तचाप, लगायतका रोग जाँच गराउने मदिरा धूम्रपान सेवन नगर्ने, शरीरमा समस्या भएको नभएको जाँच गर्ने र जीवनशैली महत्त्वपूर्ण कुरा हो। खानपानमा विशेष ध्यान दिने जसमा स्वस्थ भोजनको मात्र खानपान गर्ने, प्रशस्त फलफूल, हरियो सागसब्जी खाने गर्दा यस्तो समस्याबाट बच्न सकिन्छ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : १० बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको