अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

वासिंगटन डिसी– पाँच वर्षअघि अवैध रूपमा बन्दुक किनेको मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टरलाई दोषी ठहर गरिएको छ।

अमेरिकी न्याय विभागले हन्टर बाइडेनलाई कर र हतियारसम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। यसलाई अमेरिकी राष्ट्रपतिका लागि ठूलो धक्का मानिएको छ । हन्टरलाई हतियार किन्न धेरै पटक झूट बोलेको आरोप छ।

यो उल्लेखनीय छ कि हन्टर विरुद्ध अनुसन्धान लामो समय देखि चलिरहेको थियो। जसका कारण पनि राष्ट्रपति बाइडेनको समस्या थप बढ्दै गएको छ । अमेरिकी संसदका सभामुखले पनि हालै संसदीय समितिलाई राष्ट्रपति जो बाइडेनविरुद्ध महाभियोगको छानबिन गर्न अनुमति दिएका थिए।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई लागूऔषध दुर्व्यसन र अवैध बन्दुक राख्ने तीनवटा मुद्दामा दोषी ठहर गरिएको हो । यसअघि हन्टर बाइडेनलाई डेलावेयरमा विशेष सल्लाहकार डेभिड वेइसले दोषी ठहर गरेका थिए।

यस बाहेक हन्टर विरुद्धको आरोप पुष्टी भएमा २५ वर्षसम्म जेल सजायँ हुन सक्छ र यो उनको विरुद्ध धेरै आपराधिक मुद्दाहरू मध्ये पहिलो हुन सक्छ। ५३ वर्षीय हन्टरले डीसी र लस एन्जलसमा कर छली र अवैध विदेशी लबिङका मुद्दाहरू पनि सामना गर्नु पर्ने भएको छ ।

यद्यपि हन्टर बिडेनलाई २०१८ मा बन्दुक खरिद फारममा लागू पदार्थको प्रयोगको बारेमा झूटो बोलेको आरोप पनि लगाइएको थियो जब उनले कोल्ट कोब्रा रिभल्भर किनेका थिए। न्युयोर्क पोस्टका अनुसार उनले आफ्नो २०२१ संस्मरण ‘ब्यूटीफुल थिंग्स’ मा लेखेका थिए कि उनले त्यस समयमा लागूपदार्थ प्रयोग गर्थे ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ९ : २१ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका