द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु | Khabarhub Khabarhub

द्रुत बस सेवा चलाउन ‘डेडिकेटेड लेन’ निर्माण सुरु


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौँसूर्यविनायक–रत्नपार्क ‘द्रुत बस सेवा’ सञ्चालनका लागि सडकमा ‘डेडिकेटेड लेन’ बनाउन सुरु गरिएको छ । सडक डिभिजन कार्यालयले द्रुत बस सेवा सञ्चालनका लागि ‘रेडमार्क’ गर्न थालिएको सडक डिभिजनका कार्यालय प्रमुख नारायण निहुरेले बताएका छन्। 

लामो बर्सातका कारण सडकको डेडिकेटेड लेनमा रेडमार्क गर्न सकिएको थिएन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संविधान दिवस असोज ३ गतेदेखि द्रुत बस सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । मन्त्री ज्वालाको निर्देशनपछि सडक विभाग र यातायात व्यवस्था विभागले काम सुरु गरेका छन् । 

यातायात व्यवस्था विभागले द्रुत बस सेवाका लागि २५ ठूला बसहरू तयारी अवस्थामा राखेको छ भने सडक विभागले डेडिकेटेड लेन बनाउन थालेको छ । तीन दिनभित्र रत्नपार्कदेखि सूर्यविनायकसम्म डेडिकेटेड लेन सक्ने गरी काम थालिएको छ ।

विभागले दुई खण्ड बनाएर सडकको रेडमार्क गर्न थालेको छ । रत्नपार्कदेखि जडीबुटी, र जडीबुटीदेखि सूर्यविनायकसम्म दुई मार्ग बनाउन थालिएको छ । बिहान र बेलुकाको कार्यालय समयमा काठमाडौँ उपत्यकाभित्र धेरै ट्राफिक जाम हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न सो सेवाको अवधारणा ल्याइएको हो । 

बिहान र साँझ कार्यालय समयमा ‘द्रुत बस सेवा’ सञ्चालन गरिने छ । बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सो सेवा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १२ : ४४ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग