दोलखामा घट्दै लम्पी स्किन रोगको संक्रमण | Khabarhub Khabarhub

दोलखामा घट्दै लम्पी स्किन रोगको संक्रमण


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

दोलखा देशभर पशु महामारीको रूपमा फैलिएको लम्पी स्किन रोगको संक्रमण दर घट्दै गएको छ । गत असार र साउनमा तीव्र रूपमा फैलिएको संक्रमण दर भदौ १५ पछि घट्दै गएको पाइएको हो ।

यस अघि जिल्लामा तीन महिनाको अवधि जेठ, असार, साउन र भदौ १५ सम्म लम्पी स्किन रोगका कारण नौ सय ४० वटा पशु चौपाया मरेका छन् । कुल संक्रमित ३७ हजार एक सय ७५ पशुमध्ये नौ सय ४० वटा पशु मरेको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुपाल्चोक–दोलखा कार्यक्षत्र चरिकोटका कार्यालय प्रमुख डा. ज्ञानबहादुर जिरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा गत शुक्रबारसम्मको तथ्यांकअनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार तीन सय ८१ रहेको छ ।

त्यस्तै, २६ हजार आठ सय ५९ पशु सङ्क्रमणमुक्त भएका छन् । उक्त तथ्याङ्कअनुसार जिरी नगरपालिकामा एक हजार आठ सय ७०, शैलुङ गाउँपालिकामा पाँच सय ८३, बैतेश्वर गाउँपालिकामा एक हजार छ सय ३९, गौरीशंकर गाउँपालिकामा १९ हजार नौ सय ५०, कालिञ्चोक गाउँपालिकामा दुई हजार नौ सय ५२, विगु गाउँपालिकामा चार हजार ६७, भीमेश्वर नगरपालिकामा दुई हजार चार सय १५, मेलुङ गाउँपालिकामा एक हजार सात सय १५ र तामाकोशी गाउँपालिकामा एक हजार नौ सय ८४ वटा गरी हालसम्म जिल्लामा कुल सङ्क्राितको सङ्ख्या ३७ हजार एक सय ७५ पुगेको हो ।

सबैभन्दा बढी गौरीशंकर गाउँपालिका र सबैभन्दा कम शैलुङ गाउँपालिका लम्पी स्किन रोगको संक्रमण देखिएको छ । यो रोगका काराण सबैभन्दा बढी गाई त्यसपछि गोरु, भैंसी र बाच्छाबाच्छी वा पाडापाडी प्रभावित भएका छन् ।

त्यस्तै रोग संक्रमणका कारण हालसम्म जिरी नगरपालिकामा ४९ वटा पशुचौपाया मरेका छन् । शैलुङ गाउँपालिकामा ५६, बैतेश्वर गाउँपालिकामा ९६, गौरीशंकर गाउँपालिकामा ७८, कालिञ्चोक गाउँपालिकामा एक सय १०, विगु गाउँपालिकामा दुई सय २५, भीमेश्वर नगरपालिकामा ६८, मेलुङ गाउँपालिकामा एक सय ३२ र तामाकोशी गाउँपालिकामा एक सय ६ वटा चौपाया मरेका छन् ।

केन्द्रले हालसम्म सात हजार छ सय ७८ वटा पशुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाएको छ । केन्द्रका अनुसार जिल्लामा अझै खोपको अभाव रहेको छ । सुवास बस्नेत

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १ : ४२ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय