सभामुखद्वारा प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी « Khabarhub

सभामुखद्वारा प्रतिनिधिसभामा एक सदस्य पद रिक्त भएको सदनलाई जानकारी


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा इलाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराइएको छ । सभामुख देवराज घिमिरेले सदनलाई उक्त विषयमा जानकारी गराएका हुन् ।

सभामुख घिमिरले भने, “विसं २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं २ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको यही भदौ २६ गने निधन भएको हुनाले नेपालको संविधान ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त एक पद रिक्त भएको बैठकलाई जानकारी गराउँछु ।”

पूर्वसभामुखसमेत रहेका नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको थियो । आजको बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयकलाई लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेस गरेका थिए । सभामुख घिमिरले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका हुन् ।

बैठकमा सभामुख घिमिरले प्रधानमन्त्री तथा मन्त्रिपरिषदबाट आएको पत्रका बारेमा सदनलाई जानकारी गराएका थिए । पत्रमा सहरी विकासमन्त्रीको सीता गुरुङ नेदरल्यान्डमा आयोजना हुन लागेको पूर्वाधार लगानीसम्बन्धी कार्यक्रममा यही भदौ २४ गते प्रस्थान गरेको हुनाले उक्त मन्त्रालयको जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति रमेश रिजालले सम्हाल्ने उल्लेख छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी असोज १४ गते आइतबार १ बजे बस्नेछ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ३ : २२ बजे

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा