चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले बीआरआईबारे कुरा राख्नुपर्छ : एमाले नेता पन्त « Khabarhub

चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले बीआरआईबारे कुरा राख्नुपर्छ : एमाले नेता पन्त


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले चीन भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई अघि बढाउने विषयमा कुरा राख्नुपर्ने बताएका छन् ।

शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पन्तले बीआरआइमा सम्बन्धमा भएको सहमतिअनुसार यसलाई अघि बढाउन प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने बताएका हुन् । त्यस्तै, भारतमा मात्रैबिजुली बेच्दा नेपाललाई दबाबमा राख्न सक्ने भएकाले चीनमा पनि बिजुली बेच्नका लागि ट्रान्समिसन लाइन निर्माणमा जोड दिनुपर्ने उनले बताए । उनले चीनबाट नेपालमा आउन तीन–चार वटा नाकालाई सहज रुपमा सञ्चालनका लागि प्रधानमन्त्रीले चीनसँग कुरा गर्नुपर्ने धारणा राखे ।

त्यस्तै, नेकपा कांग्रेस नेता रामहरि खतिवडाले दुवै मित्रराष्ट्रसँग राम्रो सम्बन्ध राखेर अघि बढ्नुपर्ने बताए । उनले भारतसँग खुल्ला सीमा, रितिरिवाज समान भएपनि चीनसँग पनि समान व्यवहारका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

त्यस्तै माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा देशको राष्ट्रियता कायम गर्दै महत्वपूर्ण छलफल हुने बताए । उनले क्रसबोर्डर कनेन्टिभिटी, व्यापार पारावाहनका क्षेत्रमा चीनसँग महत्वपूर्ण समझदारी बन्ने आशा व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभा र त्यसपछि चीनको भ्रमणका लागि शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : २१ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौं– यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो

चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज  

काठमाडौं– एमएडब्लु वृद्धिले इभी ब्रान्डहरु दिपल, अवतार, नामी र सेरेसलाई एउटै

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको