समृद्ध हिन्दू अधिराज्य स्थापनाका लागि दबाब दिन भन्दै राप्रपा नेपालको प्रदर्शन « Khabarhub

समृद्ध हिन्दू अधिराज्य स्थापनाका लागि दबाब दिन भन्दै राप्रपा नेपालको प्रदर्शन


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- समृद्ध हिन्दू अधिराज्य स्थापनाका लागि दबाब दिन भन्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ ।

संवैधानिक राजतन्त्रको पुनःस्थापना, हिन्दू राष्ट्रको माग राख्दै राप्रपा नेपालले शुक्रबार काठमाडौंको भद्रकालीदेखि भृकुटीमण्डपसम्म प्रदर्शन गरेको हो ।

संघियताको खारेजी तथा भ्रष्टचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । राप्रपाले संघीय गणतन्त्रको नाममा भ्रष्ट व्यवस्था कायम भएकाले त्यसको अन्त्य हुनुपर्ने र संघीयता खारेज हुनुपर्ने जनाएको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशका हाल कायम रहेको व्यवस्थाले भ्रष्टाचार मौलाएकाले यसको अन्त्य हुनुपर्ने बताए । उनले गौहत्याको अन्त्य र सुशासन स्थापनाका लागि जनआन्दोलनको घोषणा गरेको र त्यसै सिलसिलामा विरोध र्‍यालीको आयोजना गरिएको जिकिर गरे ।

प्रदर्शनमा सहभागीहरुले हिन्दू राष्ट्र कायम गर, संघीयता खारेज गर, राजसंस्था पुनस्थापना गरलगायतका नारा लगाएका थिए ।

 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : २७ बजे

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग