नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा « Khabarhub

नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुरमा


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ निजी क्षेत्रको उच्चस्तरीय टोली भक्तपुर पुगेको छ । टोलीलाई भक्तपुर चेम्बर अफ कमर्सले भक्तपुरमा एक कार्यक्रमकाबीच स्वागत गरेको छ । उक्त अवसरमा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धर र उपाध्यक्ष कविदास श्रेष्ठले फूलको मालासहित भक्तपुर दरबार स्क्वायरमा स्वागत गरेका हुन् । सो क्रममा भ्रमण टोलीलाई परम्परागत धिमेबाजासहित भक्तपुरका पर्यटकीय क्षेत्रहरुको अवलोकन गराइएको थियो ।

पर्यटकीय क्षेत्रहरुको अवलोकनपश्चात् भएको छलफल कार्यक्रममा भ्रमण टोली र चेम्बरका पदाधिकारीहरुबीच चिनियाँ जनताहरुमाझ भक्तपुरको प्रचारप्रसार गर्ने, चिनियाँ लगानी आकर्षित गर्ने, नेपाली उत्पादनहरुको चीनमा प्रवद्र्धन गर्नेलगायत चिनिया कृषि प्रविधि नेपालमा भित्र्याउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दिपककुमार मल्होत्रालगायतका केन्द्रीय पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । चिनियाँ व्यवसायीहरुको टोली भक्तपुर चेम्बर अफ कमर्सका सल्लाहकार एवं नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्य रोशन भोयद्योको निमन्त्रणामा भक्तपुर भ्रमणमा आएका हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : ४५ बजे

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग