चिनियाँ रक्षामन्त्रीलाई बर्खास्त गरिएको आशङ्का « Khabarhub

चिनियाँ रक्षामन्त्रीलाई बर्खास्त गरिएको आशङ्का


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरिएको छ । रक्षामन्त्री ली साङ्फु दुई सातादेखि सार्वजनिक रूपमा नदेखिएकाले उनीमाथि भ्रष्टाचार मुद्दा लगाएर बर्खास्त गरिएको हुनसक्ने वाल स्ट्रिट जर्नलले जनाएको छ ।

रक्षामन्त्री लीको अनुपस्थितिलाई लिएर एकजना वरिष्ठ अमेरिकी कूटनीतिज्ञले प्रश्न उठाएका छन् । जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले चिनियाँ सरकारमा ‘बेरोजगारी दर’ अति उच्च रहेको तथा धेरै वरिष्ठ सैन्य अधिकारीलाई अवकाशमा पठाइएको उल्लेख गर्दै रक्षामन्त्री लीको अनुपस्थितिले उनलाई जिम्मेवारीविहीन बनाइएको पुष्टि गर्न बल मिलेको बताएका छन् ।

“अमेरिकाका लागि चीनका राजदूत रहेका छिन गङलाई अप्रत्यासित रुपमा बेइजिङ बोलाएर विदेशमन्त्री बनाएको केही महिना बित्न नपाउँदै उनलाई बर्खास्त गरेर वाङ यीलाई पुनः विदेशमन्त्री नियुक्त गरिएको कारण हाल सम्म खुलाइएको छैन । जनरल लीका सम्बन्धमा पनि चिनियाँ सरकारले धेरै कुरा गरेको छैन,” अमेरिकी राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

यसै साताको प्रारम्भमा रक्षामन्त्रीको अनुपस्थितिलाई लिएर चिनियाँ विदेश मन्त्रालयका प्रवक्तासमक्ष प्रश्न गर्दा त्यससम्बन्धमा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएकी थिइन् । तीन साताअघि जनरल लीको अन्तिम सार्वजनिक उपस्थिति बेइजिङमा आयोजित अफ्रिकी राष्ट्रहरूको सुरक्षा फोरममा भएको थियो । यद्यपि रक्षामन्त्रीहरू केही सातासम्म सार्वजनिक दृष्टिकोणबाट अनुपस्थित हुनु असामान्य होइन ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ५ : २८ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा