रक्सी पिएर आफ्नै बुबाको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ « Khabarhub

रक्सी पिएर आफ्नै बुबाको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

दाङ- आफ्नै ५१ वर्षीय बुबाको हत्या गरेको आरोपमा दाङमा एक जना पक्राउ परेका छन् । आफ्नै ५१ वर्षीय बुबा प्रेमबहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका ५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ५ : ३८ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण