ब्रेकिङ स्टोरी

सरकारले विभूषण प्रदान नगर्ने

By खबरहब

September 15, 2023

काठमाडौँ- सरकारले हाललाई विभूषण प्रदान नगर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषण वितरणलाई मर्यादित बनाउनका लागि यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बैठकले विभूषणलाई  राष्ट्रको सम्मानको रुपमा स्थापित गर्नका लागि अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी कानूनको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णयसमेत गरेको छ ।

कार्यदललाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने समय दिइएको छ । कार्यदलको अध्ययन प्रतिवेदन नआएसम्म हाललाई विभूषण प्रदान गर्ने कार्य स्थगन गरिएको प्रवक्ता शर्माले बताइन् ।