प्रधानमन्त्री प्रचण्डद्वारा उड्डयन प्राधिकरणको नवनिर्मित भवनको उद्घाटन « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा उड्डयन प्राधिकरणको नवनिर्मित भवनको उद्घाटन


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल नागरिक उड्डयन प्राधिकरणको सिनामंगलस्थित प्रधान कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजभन्दा २५ वर्षअघि स्थापना भएको प्राधिकरण विभिन्न उतारचढावका साथ वर्तमान अवस्थासम्म आइपुग्दा प्राधिकरण थप सुदृढ र व्यवस्थित हुँदै गएको बताए ।

विगतमा एउटामात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेकोमा २०७९ सालमा मात्रै पोखरा र भैरहवा गरी थप दुई अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भएर उद्घाटनसमेत भइसकेको भन्दै उनले यी विमानस्थलहरूको पूर्ण क्षमतामा सञ्चालनका निम्ति सरकारले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेकोसमेत बताए ।

उनले पहाडी जिल्लासहित देशभर ३० वटा विमानस्थलले हवाइ सेवा प्रदान गरिरहेको भन्दै प्रधानमन्त्रीले यी विमानस्थलको पूर्वाधार विकास, अत्याधुनिक उपकरणहरूको प्रबन्ध लगायतका विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए ।

त्रिभुवन विमानस्थलको आधुनिकीकरण गर्ने गुरूयोजना अन्तिम चरणमा पुगेको भन्दै उनले यस कार्यलाई तीव्रताका साथ अगाडि बढाउन प्राधिकरणलाई निर्देशनसमेत दिए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको सन्दर्भमा विज्ञ समूहबाट प्राप्त सुझावका आधारमा निर्माण कार्य अगाडि बढाउन मन्त्रिपरिषद् बैठकबाट ठोस निर्णय लिइने उनले बताए ।

नेपालको हवाइ सुरक्षामा सबैको गम्भीर चासो र गम्भीरता हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्राधिकरणको तर्फबाट हवाइ सुरक्षाका निम्ति गरिएका प्रयासहरू जोखिम न्यूनीकरणका दृष्टिले पर्याप्त नभएको उनले बताए ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ७ : ४७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने