माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग स्वीकार्य छैन : डा. शेखर कोइराला « Khabarhub

माओवादी पूर्वलडाकुका लागि नियमको दुरुपयोग स्वीकार्य छैन : डा. शेखर कोइराला


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल हुन खोजेको भन्दै आपत्ती जनाएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्कालीन माओवादी लडाकु नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारीको म्याद थप गर्ने सरकारको निर्णयको विरोध गरेका हुन् ।

उनले पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने समेत बताएका छन् । 

सरकारले गत भदौ ३१ बाट अनिवार्य अवकाश पाएका अधिकारीलाई विशेष पद सिर्जना गरेर तीन वर्ष म्याद थप गरेकोप्रति कोइरालाको प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

उनले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने शंका व्यक्त गरेका छन् । 

माओवादी सेनाबाट समायोजन भएर नेपाली सेनामा गएकामध्ये अधिकारी सबैभन्दा उच्च पदमा पुगेका व्यक्ति हुन् ।

कोइरालाले भनेका छन्– नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैँ राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौँ । सम्बन्धित निकायहरूलाई यो कुराको हेक्का होस ।’

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ०५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १