एसीसी यू–१९ प्रिमियर कपमा नेपालको दोस्रो जित « Khabarhub

एसीसी यू–१९ प्रिमियर कपमा नेपालको दोस्रो जित


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमामा नेपालले लगातार दोस्रो जित निकालेको छ । 

आज मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपाल सेमिफाइनल नजिक पुगेको हो ।

जितका लागि बहराइनले दिएको ७८ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्‍याे । नेपालका देव खनाल र अर्जुन कुमालले ३२–३२ रन जोडे । बहराइनका एनेस ओबाइद सयेदले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७ ओर ५ बलमा ७७ रन बनाउँदै अलआउट भएको थियो । 

बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले  ३४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । नेपालका दीपेश कँडेलले ६ विकेट लिए । यस्तै, दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो ।

पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको नेपाल लगातार दोस्रो जितसँगै समूह ‘ए’ को शीर्षस्थानमा रहेको छ । 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १ : ०९ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको